२०८३ जेष्ठ ७ गते, बिहीबार २१:४२

आधुनिक नेपालका निर्माता राजा महेन्द्रको १०० औं जन्म-जयन्तीमा नेपालको संविधान २०७२ जलाईयो

आज पुस १ अर्थात आधुनिक नेपालका निर्माता श्री ५ महेन्द्र वीर बक्रम शाहदेवको १०० अौं जन्म-जयन्ती, राजसंस्थामा आस्था राख्ने र राजा महेन्द्रका समर्थकहरुले दैशै भरि भब्य रुपमा १०० औं महेन्द्र-जयन्ती मनाए र मनाई पनि रहेका छन् र आज बेलुका दिपावली समेत गर्ने कयौं संघ संस्थाहरुले बताएका छन ।

आजको जुन नेपाल छ त्यो नेपाललाई बिश्वब्यापी रुपमा स्वतन्त्र सार्वभौमसत्ताको रुपमा चिनाउने राजा पनि महेन्द्रले नै थिए । नेपालको भौतिक आधारभुत बिकासको पहिलो ईट्टा राजा महेन्द्रले नै राखेका थिए । राजा महेन्द्रको राज्यकालमा नेपाल आज भन्दा निकै बिकशित र आत्मानिर्भर थियो । राजा महेन्द्रले नै बिदेशी हस्तक्षेपबाट देशलाई छुटकारा दिएका थिए । राजा महेन्द्रको राज्यकालमा नेपालले बिकाशको नयाँ आयाम छोएको थियो । त्यसैले आज पनि राजा महेन्द्रलाई एउटा कुशल राजा तथा राजनेता पनि मानिन्छ र उहाँको यस आजको जन्म दिनलाई महेन्द्र-जयन्तीको रुपमा नेपाल राज्य भरी सार्वजनिक बिदा दिएर भब्यताका साथ मनाईन्थ्यो भने गणतन्त्र आए पछि यस दिनलाई एऊटा साधारण दिन जस्तै बनाए पनि राजा महेन्द्रको सालिकमा फुलमाला लगाई सम्पूर्ण देशप्रेमी राष्ट्रवादी नेपालीहरुले मनाउदै आएका छन ।

आज पनि त्यसैगरी काठमाण्डुको मुटुमा रहेको दरबार मार्ग स्थित महेन्द्र राजाको शालिक अगाडि हजारौं जनताहरु मिलेर राजा महेन्द्रको १०० अौ महेन्द्र-जयन्ती मनाए भने अहिलेको गणतान्त्रिक नेपालको सम्बिधान २०७२ पनि जलाएर गणतन्त्रको बिरोध गर्दै संघिय गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद, बिदेशीको ईसारामा बनेको सम्बिधान मान्य छैन, हाम्रो मौलिकता, ससंकृती, भेषभुषा र गौरवमय ईतिहास बोकेको राजसंस्था प्यारो छ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता गणतन्त्र बिरोधि र राजतन्त्रको समर्थनमा नारा पनि लगाएका थिए ।

यस घटनाबाट पनि यो साबित हुँदै छ कि गणतन्त्र ब्यबस्थाको कार्य देखेर जनता वाक्क भएर पुन राजसंस्थाको पक्षमा लागि रहेका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM