२०८३ जेष्ठ ७ गते, बिहीबार २१:४२

कर्तव्यज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

रौशन चौधरी, रौतहट।

रौतहटमा ज्यानमारेर फरार रहेका एक अभ्युक्तलाई प्रहरीले पक्राउ गरेकोछ।

जिल्ला रौतहट कटहरिया नगरपालिका वडा नं.१ भसेडवा बस्ने संदिप यादवलाई २०७७ बैसाख ७ गते राती अन्दाजी ०९:३० बजेको समयमा कुटपिट गरी ज्यान मारेर फरार रहेका सोही गाउँको ४५ वर्षिय तेजन दास भन्ने तेजनारायण दास तत्मालाई रौतहट प्रहरीले हिजो सोमवार साँझ आफ्नो गाउँमा आएको जन्ती हेर्न घर बाहिर निस्केको अवस्थामा, स्थानिय मानिसहरुले फेला पारी कुटपिट गरी रहेको भन्ने व्यहोराको सुचना प्राप्त हुनसाथ अस्थायी प्रहरी पोष्ट छेदी चोकबाट खटिगएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीकोलागि मंललवार आज सम्मानित जिल्ला अदालत गौरमा बुझाउँने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकोछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM