२०८३ असार ११ गते, बिहीबार १९:५३

महानगरले इतिहास मेट्दै नारीहरुमाथि अपमान गर्ने दुष्प्रयास गर्दैछः भण्डारी

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ ।
विश्व हिन्दु महासंघ नेपाल अन्तर्राष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले काठमाण्डौ महानगरपालिकाले इतिहास मेट्ने दुष्प्रयास गरी सम्पूर्ण नारीहरुको अपमान गर्न खोजेको भन्दै आक्रोश पोख्नु भएको छ ।

महासचिव भण्डारीले सोमवार आफ्नो नीजी फेसबुक मार्फत यस्तो आक्रोश पोख्नु भएको हो । भण्डारीले लेख्नु भएको पोष्ट पाठकहरुकोलागि जस्ताको तस्तै….

“मुमाबडामहारानी रत्नकाे ईतिहास मेट्ने कार्य सम्पुर्ण नेपाली नारीकाे पनि अपमान हाे !!

के शालिकहरु पुरुष कै मात्रै ठड्याउनु पर्छ ? पुरुषकै मात्रै गाथा गाउनु पर्छ ? रत्नपार्ककाे नाम परिवर्तन गरेर शंखधर पार्कमा बदलेर ईतिहासकाे अपमान गर्ने गलत निर्णय काठमाडौ महानगरपालिकाले किन गर्याे ?

शंखधर साख्वाकाे शालिक निर्माण गर्नअरु पनि उपयुक्त स्थान हुन सक्छ तर त्यसाे नगरेर मुमाबडामहारानी रत्नकाे ईतिहास मेटाउने यस्तो पूर्वाग्रही र संकृण निर्यणले सम्पूर्ण नेपाली नारी जातीकाे अपमान समेत गरेको हुदाँ यस्तो निर्णय सच्याउनका निम्ति काठमाडौं महानगरपालिका तथा नेपाल सरकार समक्ष आग्रह गर्दछु ।

परिवर्तनको नाममा दिनानुदिन ईतिहास मेट्ने मात्रै काम गर्दै जाने हाे भने हामी सँग के बाँकी रहन्छ ? राजा महेन्द्रले रानी रत्नकाे नाममा पार्क मात्रै बनाएनन् – महेन्द्र राजमार्ग , पृथ्वीराजमार्ग , अरनिको राजमार्ग जस्ता मुख्य सडकहरु निर्माण गरेर बिकास गरे ।

कला साहित्यसंस्कृतिकाे संरक्षणका लागि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान , राष्ट्रिय नाचघर खाेले ।
राष्ट्रिय याेजना आयाेग , नेपाल राष्ट्रबैंक , बालाजु औध्याेगिक क्षेत्र , हेटाैडा औध्याेगिक क्षेत्र , वीरगञ्ज चिनि कारखाना, कृषि औजारकारखाना,जनकपुर चुराेट कारखाना, बाँसबारी छालाजुत्ता शाहि नेपाल बायुसेवा निगम स्थापना अादी सबै राजा महेन्द्रले गरेका कामहरु हुन् ।जातिय छुवाछूतकाे अन्त्यका लागि नयाँ मुलुकी ऐन २०२० साल भाद्र १ गते लागू गरे ।

आफ्ना अग्रजहरुले गरेका कामहरुकाे सम्मान गर्ने परिपाटीको बिकास नगर्ने र सबै ध्वस्त पार्दै जाने हाे भने अाजकाे याे ब्यवस्थाले निर्माण गरेका संरचनाहरु पनि रहि रहन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । तसर्थ राजा महेन्द्रकी जीवन संगीनी राजा ज्ञानेन्द्रकी आमा जाे जीवनकाे उत्तार्धमा ईतिसाहकाे एक धराेहर बृद्धअबश्थाकाे जीवन यापन गर्दैहुुनुहुन्छ । उहाँकाे हृदयमा नै चाेट पुग्ने गरि गरेको याे अपमानपूर्ण निर्णय प्रति मेराे अापत्ती रहेको छ । याे अपमान नेपाली नारी जातीकाे पनि अपमान हाे ।

नेपाल सम्वत् का प्रवर्धक शंखर साख्वाकाे शालिक निर्माण गर्नु राम्रो कुरा हाे तर यसलाई बिबादास्पद वनाउनु किमार्थ राम्रो हाेइन ।काठमाडौं महानगरपालिका र नेपाल सरकारले गरेकाे यस्तो निर्णय सच्याउनका निम्ति म बिनम्रता पूर्वक आग्रह गर्दछु ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM