२०८२ मंसिर २३ गते, मंगलवार १३:००

डाक्टरकी श्रीमती

-ईश्वरा भट्टराई
बेलुका खाना खाएर हल्का गफ गर्ने वेलामा मैले उसको मोबाइल उचाल्दै फोन खोलें, फोन लक थिएन र उ मेरो मिल्ने, साथी अनुमति माग्दै म मोवाइलको ग्यालरी भित्र पसें । उनी मेरो मन मिल्ने साथी थिइन, भित्र फोटो हेर्दै जाँदा मेरो आँखा एउटा फोटोमा अडियो, उक्त फोटोमा आंखामा निलो दागी थियो, आंखा वरिपरि देखिने चोटले मेरो मुटुको धडकन एक्कासी बढ्यो र म आत्तिदै सोधें ओ अनु ! तिमि कहिले एक्सिडेन्ट भयौ ? उसै पनि दुई पांग्रे सवारी साधान चलाउने जो कोहीलाई पनि साना तिना चोट लाग्नु नौलो हाईन, अकमकिएर भनि अस्ति नै हो । उसले कुरा मोड्न खोजी, म तेही फोटो खोतली रहें, हेरें अहिले उसको आांखा सामान्य थियो उसो भए अझ घाउ खै म प्रश्न गर्न छाडिनँ । फयाट्ट भनें यार यो त पिटेको जस्तो देखिन्छ, तर तिनले हैन ठोकिएको हो भनि ।

म आफ्नै सुरमा प्रश्न गरिरहें, सोधिरहें यति हुँदा मेरो आँखा उसको आँशुमा अडियो जुन निर्दोष पाराले बगिरहे तर उ मुसुक्क हाँस्दै भनि चोभारको डाडाबाट स्कुटीमाम लड्दा हो बाँकी केही बोल्न चाहिन ।

आँसुको अर्थ के थाहा पीडा दिनेलाई ? मैले भने तिमी त डा. को श्रीमति अनि पीडा…??

उनका श्रीमान कुनै मेडिमल कलेजमा एम.डी. गर्ने विद्यार्थीलई पढाउने डा. प्रोफेसर थिए । कस्ले सोच्न सक्छ उनको यो बाहादुरी ..? उनी जाँड रक्सी नखाने चुरोट र अन्य लागु पर्दाथलाई हातले पनि छुन्नन्, अनि उनी एक समाजका सभ्य र शिक्षित व्यक्ति हुन कसरी सोचु उनको दिमागमा पनि पुरुषको दानवता छ ।

अनि अनुुको अवस्थालाई सोचेर म सामान्य बनें उसको आँखालाई पढन खोजें केही बोलिनँ । कुरा प्रसंग बदलें । माहोल सामन्य बन्यो । धेरै पछि भेटेका हामी आज धरै कुरा गर्नु थियो त्यसैले संगै सुत्यौं । ऊ कति बेला निदाई थाहा भएन तर म निदाउनै सकिनँ, र सुटुक्क उसको मोवाइल निकालेर ग्यालरी भित्र पसे सबै फोटो हरु जुम गरी गरी हेरे जुन चोटलाई उसले धेरै पोजमा सेल्फीबाट कैद गरेकी रहेछ । कारण थाहा भएन तर उसको तह सेल्फी लिएको आरपार गालको छाप राम्रो संग जुम गरि गरि नियालें यो भित्र अथाह पीडा थियो जो म पनि पच्चिर पढेर सबै व्यक्त गर्न सकिनँ, सोचे डाक्टर की श्रीमतिको गालामा यति ठुलो चोट, यो मेरो शिक्षित र सभ्यहरु बीचमा देखेको दोश्रो प्रमाण थियो ।

सोचें यसरी श्रीमतिलाई पिटेको भोलीपल्ट ती डाक्टरले क्लास कसरी दियो होला ? उसलाई कति बहादुरी लाग्यो होला ? फेरी सोचें जिस्केर हो कि ? तर यो चोट आरपार गालामा थियो । मलाई रात भरी नद्रिा लागेन मुटुमा ठुलो चट्टानले थिच्यो हुन त गल्ती मेरै थियो अरुको प्राइभेसीमा चिहाउने अधिकार मलाई छैन र गर्नु हुन्नथ्यो तर मिल्ने साथिको हो मलाई निकै जोडले रुन मन लाग्यो तर म आंसु झारेर आवाज निकाली रुने बानी छैन, जीवनमा २/३ पटक होला म यसरी रोएको । नरुनु भनेको पीडा नहुनु होइन ।

आँसु बगाउनु मात्र पीडाको विकल्प होइन । बिहान हामी सामान्य अवस्थामा घुम्न निस्कियौ । तर दिनभरि हाम्रो त्यो विषयमा चर्चा नै भएन । तर मेरो दिमागले नराम्रो योजना बनायो मलाई यो राम्रैसंग थाहा थियो कि मान्छेले बेहोसीमा त्यही कुरा ओकल्छ जो होसमा हुँदा बोल्न सक्तैन, त्यसैले मैले वाइन खाने योजना बनाए उनको श्रीमानसँग अनुमति लिएर म एउटा वदिेशी कम्पनीको रेड वाइन लिइएर आएँ हामी खाना शरु गर्नु अगाडी उनको श्रीमानलाई सोधें हामी रमाइलो गर्छोै घरमा । हुन्छ, उहाँले निर्दोष भावमा स्वीकृत दिनु भयो अनि मैले उसलाई जानेर नै लाग्ने गरी वाइन खुवाएँ ।
उसलाई हल्का नसा चढदै थियो र म हिजोको फोटोको कुरा निकाले उसले बोल्न चाहिन तर मलाई मान्छेको कमजोरीमा चोट हानेर वास्तविकता ओकल्न राम्रै आउँछ । मैले भनें, यार हामी कति भाग्यमानी झ् तिमी डा. को श्रीमती अनि म इन्जिनीयरको श्रीमति । सम्पति जति नि छ, जे गरे नि, जति पनि पुग्ने । तिमि त दुनियाँको भाग्यमानी । बाटोमा हिंड्दा कस्तो फिल होला है तिमीलाई ? जो तिम्रा श्रीमानको विद्यार्थी भनिन्छन् मैले यति भनिसक्दा ऊ डाँको छोडेर रुन लागि । हेर, मलाई जे भन, डा. की श्रीमति र भाग्यमानी नभन मलाई पोल्छ ।

यो लोगोले त्यो फोटो मलाई उसले यही ढोकामा हानेको हो म चिच्चयाइरहे बाबा मलाई छोडिदिनु अब म मर्छु यो भन्दा बढी भयो, म सहन सकिनँ, मेरो २ छोरा छोरी टुहुरा हुन्छन् । मैले जीवनको भिख मागेको दिन हो । मेरो के गल्ती थियो र छेरा पढेनन् भन्ने कुराको इसु हो उ आवाज बन्द हुने गरी रोई, उ आफनो नशाको बेहोसी सम्हाल्दै आफना कुरा ओकली, जो मैले खोजेको थिएँ । ऊ बोहोसी र पीडामा कम रुने गर्छ तर नढाटी भन्दा एक किसिमले घरको तनावबाट शान्ति खोज्न जांदा जंगल पुगेको अनुभुति भयो रिसले कन्पारो यसरी तात्यो आज उस संग पिटाईको चोट हटिसकेको थियो तर पिडा मलाई भयो ।

मेरो दिमाग पनि हल्का नसामा यसरी तात्यो कि आगोले फलाम पगाल्दै छ । उनका श्रीमान उमेरले म भन्दा जेठा भएनि नातामा मलाई मान्न पर्ने थियो । रिसले आफनै हातको मोवाइल उनैलाई ताकेर हाने मोवाइल फुटयो नि:शब्द उनी केही बेर अलमल जस्तो गरी आफनो कोठामा गए ।

सोचे घरमा श्रीमति कुटेर पढाउन जाँदा निकै मर्द सोच्छ होला यो मान्छेहरु । तर मेरो दिमाग नसामै घुम्यो । फेरी अरु साथीलाई सम्झे अनि म आफनै पीडा पनि खोतले हे भगवान सबैलाई नारी चाहिन्छ, आमा पनि नारी हुन्, दिदी बहिनी छोरी चेली पुरुषलाई संसार देखाउने पनि नारी हुन आमाले जब छोरीले जन्माउँछिन बिस्तारै अर्ति दिन्छिन्, छोरीले यो यो नगर्न खोप्टी परेर हिंड्ने सानो स्वरमा बोल्न घरको धन्दा सम्हाल्ने तर तेही आमा छेरालाई किन भन्दिन नारीको इज्जत गर्नु पर्छ तिमीलाई संसारमा ल्याउने आमा नारी हुन घरमा बहिनी हुन्, सबै नारीको सम्मान्न गर्नु पर्छ, नारीको इज्जत गर्नु पर्छ। सोच संस्कार नै गलत छ हामीलाई हुर्काउने ।

हामी नारीका लागि बनाइएको संवधिान नै गलत छ, जो पुरुषले आफ्ना सजिलोका लागि बनाइएका छन् । छोरी दु:ख पाएर माइति जान्छे, तब आमा भन्छिन्, छोरी भएर सहनु पर्छ, मैले पनि सहेर घर पाएको छु । जति सहन्छे नारी उति नै संस्कारी ।

थुप्रै छन्, अनुत्तरित प्रश्नहरु। एउटै प्रश्नको उतर दिनु छ लिनु छ । संसारमा नारी चाहेर नै नसक्ने भनेको सन्तान जन्माएर आमा बन्नु हो संसारको सबै नारी सुरक्षित र न्यायालय आमाको काख हो । तर मेरालागि तपाईको काख किन हुन सकेन ? आफैं श्रीष्टी गरेको सन्तानको न्यायलय आमा किन हुन सकेन ? बस अझ चाहाना छैन अर्को जुनीमा म आमा र तपाई छोरी भएर बाँच्न पाए हुन्छ ।

आमा यो साँचो हो कि तपाईसँग भन्दा धेरै म एक्लै रोएकी छु, मेरो गुनासो कहिले काहि एकान्तमा पोख्ने गरेकी छु । तर म बिरामी पर्दा र मलाई गाह्रो पर्दा सपना देख्ने मेरी आमा मेरो मुटु यनि भारी हुँदा किन बुझ्न सक्नु भएन ?
नारी आफू जति सुकै शिक्षित होस्, परिवार जति सुकै शिक्षित र सभ्य होस नारी तेही घरमा असुरक्षित हुन्छे । जति पढेको लोग्ने होस या महिला त्यही परिवारमा अपमान जनक र असुरक्षित छ आफन्तको इज्जत सम्हाल्न उसले सहेर बस्नु उसको कर्तव्य हो जो जन्मिदा आमाले कोखबाट ल्याएको दाईजो हो । यति सब सहन नसकेर उसले आत्महत्या गरी भने माइतीहरु आइहाल्छन नि पत्रकार बोकेर छोरी न्याय माग्नु ।

आमा, मलाई मरेपछि होईन, म जिउँदै हुँदा बाँच्नु छ । जब म नै नरहे तपाईको कोखले के भन्छ ? बाबाको स्वाभिमान कहाँ पुग्छ ? आमा, थुप्रै छन् तपाईको छोरीको पीडा जो देखिंदैनन् तर जीवन भर कोपिरहने काँटा बनेर शरीरमा गडेका छन् । धेरै दिनहरु छन आमा पराइको श्रीमानले तपाईकी छोरीको सुकोमल शरीरमा दिएका पिटाइका दागीहरु जो मनमा ठुलो डेरा बनाएर बसेको छ ।

आमा तपाईसँग एउटै विन्ती छ सके आफना छोरीहरु बचाउनु नसके कुनै आमाको काख रित्तिन नदिनु अनि कोही छोरा छोरीलाई टुहुरो पारेर जान नदिनु, बाब आमा मलाई विर्सनु तर बिर्सेर पनि कोही आमाको कोखलाई अन्याय हुन नदिनु, म आफनो पीडा पोख्दै थिए यति लेख्दा सम्म मेरो आंखाको आँसुले किर्वोडको अक्षरहरु देख्नै छाडे, आंखा पुरै पानीले भरियो म अस्त भए ।

२०७७ कार्तिक २० गते क्राइम चेक साप्ताहिकमा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM