२०८२ मंसिर २८ गते, आईतवार २०:२१

देशलाई भद्रगोल र दुर्दशामा पार्ने सरकार…

-स्वर्ण विक्रम शाह
संसारमै नभएको देश अहिले हाम्रो देश भएको छ । यो हाम्रो देश बिश्वमा एक मात्र देश होला जहाँ जनताहरु मिलेर देश चलाउछन् र सरकारका सबै मन्त्री, राज्यमन्त्री तथा प्रधानमन्त्री समेत गफ हानेर सुती सुती खान्छन् र भ्रष्टाचारको संगितमा नृत्य गरेर बिदेशी रक्सी पिउदै उहीँ बिदेशी प्रभुको सेवामा लिप्त हुन्छन ।

हुन त भनाई नै छ जो मानिस जस्तो ससंकारमा जन्मेर हुर्क्यो त्यो त्यस्तै हुनेछ किनभने कागतीको बिऊ रोपेर त्यसमा आँप अवश्य फल्दैन । त्यसरी नै दरिद्रतामा जन्मेर हुर्केका हाम्रा कम्युनिस्ट नेताहरुले पनि आफू जस्तो हो त्यहि देखाई रहेका छन् । यस्ता संस्कारबाट आएकाहरुले यो भन्दा अरु के नै गर्न सक्छ र ? अहिले राज्यकोषको मालिक उनीहरु नै छन्, उनीहरुको हातमा नै राष्ट्रको सम्पत्ति छ । यस्तो बेलालाई यिनीहरुले अवसर बनाएर आफ्नो दरिद्रता देखाई लाजहिन र नैतिकहिन भएर जनताले रगत पसिना एक गरि कमाएको कमाईबाट तिरेको ट्याक्सबाट बनेको राज्य कोष यिनिहरु लुटालुट गरिरहेका छन् ।

मन्त्रीहरुको त कुरै छोडौ यहाँ राजधानीको त मेयर सम्म पनि चुनाव अगाडि १०० दिनमा १०० काम गरेर देखाउँछु भनेर सय दिनमा सय काम त कहाँ एउटा सिंका समेत भाँचेनन् । यो काठमाण्डुलाई मेयरको सबै भन्दा आवश्यक पर्दा २०७२को भुकम्पले सारा राष्ट्रिय संरचनाहरु ध्वस्त पर्दा समेत दुला भित्र लुकेर बसे । पछि काम गर्न लाग्दा पनि हाम्रो जिउदो संरचनालाई कमिसनका लागि मुर्दा बनाएर बनाउन सम्म तयार भए । हाम्रो देश कै पहिलो प्रधानमन्त्री भिमसेन थापाको धरोहर त्यो बज्रबाट बनेको धरहरा जुन बिश्वमा प्रख्यात थियो, त्यो बिश्वमा प्रख्यात यो कारणले होईन कि त्यो ११ तल्ला या २१ तल्ला अग्लो थियो भनेर, यस कारण भएको थियो कि त्यो धरहरा बज्रबाट (मास, भुस, लाहा, कमेरो र चाकु) बनेको भएर चाँहि प्रख्यात थियो । त्यस्तो धरहरालाई अहिले सिमेन्ट र डण्डिको टावरको रुप दिईयो जबकि हामी त्यस्तै धरहरा बनाउन सक्षम हुँदाहुँदै पनि हाम्राे पौराणिक कलालाई प्रयोग नगरि टेन्डर खोलेर कमिसन खाई टावर बनाई हाम्रो पौराणिक धरहराको हत्या गरियो जबकि यस काममा उपमेयरको बिरोध हुदाहुदै पनि उपमेयर जस्तोलाई पाखा लगाएर अहिले २१ तल्ले टावर बनाउने रे, जब बिश्वमा ५०० तल्लाको टावर बजाउने कार्य भईरहदा नेपालमा यो टावर बन्नु एउटा हास्यास्पद कुरा होईन ? यदि उपमेयरले भने जस्तो सानो भए पनि हाम्रो पौराणिक परंम्परागत रुपमा पहिलेको जस्तै बज्रको धरहरा बनेको भए हाम्रो त्यो धरहरा मर्ने थिएन ।

त्यै गरि रानीपोखरी पनि हाम्रो पौराणिक संस्कार र परम्परा बोकेको जिउदो संरचना हो । त्यसलाई पनि हाम्रा मेयरसाबले त रानीपोखरीलाई प्रेमी जोडी र लागू पदार्थ प्रयोग गर्ने दुर्ब्यसनीहरुको अखडा बनाउने सोचमा हुनु हुन्यो । एउटा पाकृतिक पोखरीलाई ढलान गरेर सुईमिङ्गपुल बनाउन खोज्नु भएको थियो तर यसपाली चाँही उपमेयरले जबर्जस्ती गर्न नदिएर यति सम्म रानीपोखरीको स्वरुप लेराउन सफल भईन । यदि यस रानीपोखरीमा पनि धरहरामा जस्तै उपमेयरले आफ्नो स्थानमा बसेर चुपलागेको भए आज रानीपोखरीको पनि मृत्यु भईसकेको हुन्थ्यो र त्यो लभर्स प्वाइन्ट वा ड्रगिष्टहरुको अखडा भईसकेको हुन्थ्यो र ५/६ बर्षपछि बागमति जस्तै शहरको बिचमा दुङ्ग दुङ्ग गन्हाउने पोखरी हुने थियो । तर यहाँको नीति र कार्य तालिका हेर्नुस् पार्टीको अन्धो भक्तिमा चुर्लुम्म डुबेका नव नियुक्त शहरी बिकास मन्त्रीज्यूले कीर्तिपुरस्थित सुलक्षणकीर्ति विहार तथा बीएलआई ए नेपाल च्याप्टरले गरेको सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयरले नै रानीपोखरी पुनःनिर्माणमा पटक–पटक अवरोध गर्यो रे । कुनआधारमा मन्त्री कृष्णगोपाल श्रेष्ठज्यूले यो आरोप उपमेयरलाई लगाउनुभयो ? खचम्म लाग्छ , त्यहि उपमेयरले गर्दा आज ठ्याक्कै पहिलाको जस्तो नभए पनि १८/२० सम्म त रानीपोखरीको झझल्को आउने भएको छ नत्र मेयर साबले त यस पौराणिक धरोहरको धज्जी उडाएर त्याहा के प‍ो बन्थ्य‍ो ?

शहरी बिकास मन्त्री कृष्णगोपाल श्रेष्ठज्युले त मेयरको होईन उपमेयरलाई धन्यवाद दियर तारिफ गर्नु पर्ने ह‍ो तर कसरी गर्ने उपमेयर पर्यो बिपक्षी पार्टीको र मेयर पर्यो आफ्नो पार्टीको । यसरी जब जनप्रतिनिधिहरुले जुनसुकै होस सरकारी पदको जिम्मेवारी लिएर त्य‍ो कुर्सीमा बसे पछि उसले म यो पार्टी या त्यो पार्टीको भनेर बिर्सेर सम्पूर्ण नेपाली जनताको हु, देशको हु भनेर सोच्न पर्नेमा हाम्रो दुर्भाग्य जुन पार्टीबाट जुन पदमा आए पनि बरु देश र जनता छोडेर आफ्नो पार्टी मात्र याद हुने यो कस्तो  बिडम्बना । हाम्रा मेयरज्यूले त टुडिखेललाई सम्म हङकङ बजार बनाएका थिए । तर उपमेयर हरिप्रभा खड्गी एउटा नारी भएर पनि आफ्नो ज्यान जोखिममा हालेर सो टुडिखेलको हङकङ बजार हटाएर एउटा महान काम गरेर देखाईन । यस्तो नेपाल भरी नै केही पनि नगर्ने मेयर भनेर बदनाम मेयरको तारिफ गर्ने तर राजधानीमा धेरै काम गरेर चर्चामा आएका उपमेयरलाई दोष दिने यस्तो नेपाली जनताको मन्त्रीको कुर्सिमा बसेर पनि मन्त्रीले पार्टी गत दुश्मनी देखाउने मुलुक अरु कहाँ होला । यति सम्म पार्टी भक्तिमा अन्धो हाम्रा शहरी बिकास मन्त्रीबाट अब हामीले के आशा गर्ने ? यस्ता छन हाम्रो दशका सत्ताधारीहरु हेर्दा र सुन्दा पनि लाज लाग्ने । यसरी एउटा उपमेयर जस्तो पदमा बसेर काम गर्दा त बाटो रोक्ने, उल्टो आरोप लगाउने यो कम्युनिस्ट सरकाले जनतालाई त झन के गर्न दिन्छ र ?

अहिले भनेको कोभिटको महामारीको समय हो । खासै भन्नू पर्दा अहिले त सम्पूर्ण जनतालाई देशले पाल्न र खुवाउन पर्नेमा, एउटा नेपालीले अर्को नेपालीलाई खाना खुवाइ रहेको छ, त्यसमा झन आफुले साथ र सहयोग गरेर ती युवाहरुको हौसला बढाउन पर्नेमा देशको बेईज्जत भयो भनेर यस्तो पुण्यको कार्य रोक्न मिल्छ ?

हाम्रा मन्त्रीहरुले देशको त्यस्तो बेईज्जत गरेको नदेख्ने, अर्थमन्त्रीले राहत चाहिने भए ट्याक्स बढि तिर्नुस भन्दा देशको बोईज्जत नहुने, देशमा भोकमरी लागेर जनता भोकभोकै हुदा सबै मन्त्रीकोलागि नयाँ गाडि किन्दा देशको बेईज्जत नहुने, आईसोलेसनमा बस्न पनि सोल्टी होटलमा बसेर राज्यको करडौ सक्काउदा देशको बेईज्जत नहुने, कोरोनाको बिरामी उपचार देशले गर्न सक्दैन भन्दा देशको बेईज्जत नहुने, यस्तो कोरोनाको महामारीमा जनता भोक्कै बस्दा क‍ोरोनाको लागि भनेर देशका राजा सहित सयौंले प्रधानमन्त्री राहत कोषमा दान दिएको सबै पैसा खादा देशको बेईज्जत नहुने, यस्तो महामारीको समयमा मारमा परेको नेपाली लाई नेपालीले गरेको सहयोगमा चाहिँ देशको बेईज्जत हने ?

वा रे गणतन्त्रे सरकार ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
koi77
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM