२०८२ मंसिर १९ गते, शुक्रबार २३:१३

भेष बद्लेर जनताको समस्या बुझ्न घुम्न निस्कन्थे राजा महेन्द्र

राजा महेन्द्र जनताका गुनासा एवं समस्या सुन्न र बुझ्न कहिलेकाहीँ आफैँ पनि सडकमा निस्किन्थे । प्रशासनिक निकाय र कर्मचारीले जनतालाई दु:ख दिएको उनलाई पटक्कै मन पर्दैनथ्यो । विसं २०१९ भदौ महिनाको कुरा हो । म राजदरबारको संवाद सचिवालयमा काम गर्थें । कार्यालयका हाकिम आफू नजिकका मानिसहरूलाई सतर्क रहन नेवारी भाषामा खासखुस गरिरहेका थिए । आफू हाकिमको नजिकको मानिस परिएन, फेरि मलाई नेवारी भाषा बोल्न आउँदैनथ्यो, बुझ्न पनि त्यति राम्रोसँग बुझ्दिनथेँ । त्यस दिन डराएको र बडो अनुशासित ढंगले कर्मचारीहरू आ–आफ्नो काममा खटिएका थिए । वास्तवमा अघिल्लो दिनको राजा महेन्द्रको कदमले उनीहरूलाई झस्काएको रहेछ ।

प्रशासन त्यतिबेला जनताको नजरमा अलिक बदनाम थियो । विभिन्न किसिमका गुनासा र उजुरी परेपछि राजा महेन्द्रले नेपाल प्रहरीका आईजीपी जीबी याकथुम्बालाई हटाएर उनको ठाउँमा ढुण्डीराज शर्मालाई नियुक्त गरेका थिए । यसो गर्दा पनि तल्लो तहमा व्याप्त भ्रष्टाचार कम नभएको उजुरी राजाकहाँ परिरहेका थिए । असनबाट राजदरबारतर्फ फर्किंदै गरेका राजाको मनमा लागेछ, आफैँ यसो परीक्षण र निरीक्षण किन नगर्ने ?

त्यही सोचेर अघिल्लो राती ११ बजे राजा महेन्द्र कार्यालयको काम सकेर ‘मुड फ्रेस’ गर्न भनेर आफैँले मोटर चलाएर दरबारबाहिर निस्किएका रहेछन् । यसको जानकारी दरबारको सम्बन्धित निकायलाई पनि थिएन । चिसो हावा खाँदै टुँडिखेल, नयाँसडक, इन्द्रचोक हुँदै असनबाट उनी राजदरबारतर्फ फर्किंदै रहेछन् । राजा आफ्नो मोटरको हेड लाइट निभाएर बिस्तारै असनबाट अगाडि बढिरहेका थिए ।

गणेशस्थानमा सेन्ट्री बसेका प्रहरीले गाडी रोकेछन् । सेन्ट्रीले अगाडिको बत्ती बाल्न भनेछन् । राजाले नम्र हुँदै आफ्नो मोटर बिग्रिएकाले बनाउँदा बनाउँदै राती भयो, आज यत्तिकै भयो, भोलि बत्ती बनिहाल्ने भएकाले छाडिदिन आग्रह गरेछन् । तर पनि ती प्रहरीले मानेनछन् । राजाले खल्तीबाट १० रुपियाँ झिकेर तिनको हातमा थमाउने प्रयास गरेछन् । तर, प्रहरीले त्यो रकम लिनै मानेनछन् र नजिकै अन्नपूर्ण मन्दिरको दक्षिणमा रहेको प्रहरी चौकीका हबल्दारलाई खबर गरेछन् । प्रहरी हबल्दार आएर कुराकानी गर्न थालेपछि सेन्ट्री बसेका प्रहरी किनारा लागे । राजाले चाहिँ १० होइन, २० रुपियाँ हातमा थमाइदिएछन् । पैसा पाउनासाथ प्रहरी हबल्दारले सेन्ट्री बसेका प्रहरीलाई ‘छोड्दे, जान दे’ भन्दै चौकीतर्फ फर्किएछन् ।

त्यसपछि राजा मोटर हुइँकाएर राजदरबार पुगे । तत्काल आईजीपी ढुण्डीराज शर्मालाई फोन सम्पर्क गरी ‘अहिले नै तिमी अन्नपूर्ण मन्दिरको दक्षिणमा रहेको प्रहरी चौकीमा गई त्यहाँ कार्यरत प्रहरी हबल्दारलाई जागिरबाट हटाऊ’ भन्ने निर्देशन दिए । साथै, असनमा सेन्ट्रीमा बसेको इमानदार प्रहरीलाई प्रोत्साहनस्वरूप एक तह बढुवा गर्न पनि निर्देशन दिए । प्रहरी आईजीपी शर्माले सोहीबमोजिम गरी दरबारमा जाहेर गरेपछि भोलिपल्ट कर्मचारी वृत्तमा खलबली मच्चिएको थियो । राजा महेन्द्रले आमनागरिकको भेषमा छड्के गरिरहेको थाहा पाएपछि कर्मचारी वृत्त अत्तालिनु स्वाभाविक पनि थियो ।

राजा महेन्द्र दण्ड–सजाय र पुरस्कारको सवालमा नमुना राजा नै थिए । असल र इमानदार राष्ट्रसेवकलाई उनले पुरस्कार, विभूषण, बढुवा र नगद बक्सिस मात्र होइन, घर, घडेरी र खेतीयोग्य जमिन पनि थुप्रो बाँडेका थिए ।

ईश्वरी ज्ञवालीद्वारा प्रस्तुत रेवतीरमण खनालको स्मरण, नेपाल साप्ताहिकबाट

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM