२०८२ असार २१ गते, शनिबार २३:१६

जनता समाजपार्टी नेपालद्वारा बाराको प्रसौनीमा शुभकामना आदान प्रदान कार्यक्रम

बारा, १० कार्तिक ।
नेपालीहरुको महान पर्व बड़ादशैंको अवसर पारेर बाराको प्रसौनीमा दशैं, शुभ दीपावली एवं छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
जनता समाजवादी पार्टी नेपाल वड़ा इकाई समिति प्रसौनी-३ नौतन बाराले आयोजना गरेको कार्यक्रममा मुख्य अतिथि प्रदेश २ का भैतिक योजना तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, बारा प्रदेश नं. ४ का संघीय संसद एकबाल मिया लगायतका वक्ताहरुले दशै, तिहार र छठ पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको उद्घाटनको क्रममा आयोजकले उपस्थित विशिष्ट, प्रमुख लगायतका अतिथि एवं सहभागीरुलाई गमछा ओढ़ाएर तथा टिका र जमरा प्रदान गरेर शुभकामना आदान प्रदान गरेका थिए ।
प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शुभकामना मन्तव्य दिने क्रममा प्रदेश-२ को विकासकालागि आफूले व्यक्तिगत र मन्त्रीस्तरीय रुपमा आवश्यक पहल गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो । मन्त्री सोनलले सबैको सहकार्य र एकताले मात्र मधेशको उत्थान तथा विकास हुन सक्ने कुरामा जोड दिनुभयो ।
बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एकवाल मियाँले मधेशको चौतर्फी विकासकालागि पार्टी मजबुत हुनुका साथै सम्पूर्ण मधेशी समुदाय एक हुनुपर्नेमा जोड दिनु भयो ।
जनता समाजवादी पार्टी नेपाल वडा इकाइ समिति प्रसौनी-३ का इकाइ समिति अध्यक्ष लक्ष्मी नारायण राउत कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ता, अधिवक्ता रामचन्द्र सिंह, प्रसौनी गाउँपालिका उपाध्यक्ष गीता देवी शाह, क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता, वडा नं. ३ का वडाध्यक्ष  वैजनाथ गुप्ता, वडा नं. २ का अध्यक्ष सुरेश प्रसाद गुप्ता, वडानं. ४ का अध्यक्ष आनन्द प्रसाद गुप्ता, ५ का वडा अध्यक्ष सनै साहलगायतले शुभकामना मन्तव्य दिनु भएको थियो भने कार्यक्रम संचालन शिक्षक राजकिशोर साले गर्नु भएको थियो ।
कार्यक्रमा स्थानीय तथा जिल्लास्तरका पार्टीका नेता, कार्यकर्ता, भद्रभलाद्मीलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM