Saturday, December 7, 2024
घरक्राइम चेकमहोत्तरीमा सशस्त्र प्रहरीको बीओपी स्थापना

महोत्तरीमा सशस्त्र प्रहरीको बीओपी स्थापना


राकेश चौरसिया
वीरगंज, २५ असोज ।
सीमा नाकामा हुने अवैध गतिविधि र सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपाल नं ९ गण, महोत्तरीको मातहतमा बोर्डर आउट पोष्टको स्थापना गरिएको छ ।
महोत्तरीको एकडाडा गाउँपालिका-४ स्थित हलखोरी मरुवाहीमा स्थापना भएको सशस्त्र प्रहरीको सो बीओपीको उद्घाटन आइतबार प्रदेश २ का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्माचार्यले गर्नुभयो ।

महानिरीक्षक ब्रह्माचार्यले सीमा नाकामा हुने अवैध चोरीपैठारी, सीमा अतिक्रमण जस्ता संवेदनशील विषयमा राज्यले दिएको जिम्मेवारीलाई सशस्त्र प्रहरीले अक्षरश: पालन गर्दै त्यस्ता विषयमा नियन्त्रण र निगरानी गरिरहेको बताए । कोभिड १९ को महामारी नियन्त्रण तथा रोकथामका लागि पनि सशस्त्र प्रहरी अझ बढी जिम्मेवार हुनु पर्ने कुरामा उनले जोड दिएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बीओपी स्थापना गर्नुका कारण र औचित्यमाथि स्पष्ट पारेका थिए ।

घर भाडामा लिएर अस्थाई रुपमा बीओपी सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बीओपी उद्घाटन कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकार कृष्णबहादुर कटुवाल, गाउँपालिकाका अध्यक्ष रामछविला साह लगायतको उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटा महोत्तरीमा आएको दुई महीना यता सीमावर्ती क्षेत्रबातरह हुने अवैध कारोबार निकै हदसम्म नियन्त्रणमा आएको र थप बोर्डर आउट पोष्ट स्थापनाले शान्ति एवम सीमा सुरक्षामा थप बल पुग्ने विश्वास स्थानीयहरूले लिएका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -