रौशन चौधरी ।
रौतहट, १८ असोज ।
कटहरिया नगरपालिकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि आर्थिक वर्ष २०७६।७७ मा भए गरेका सम्पूर्ण खर्चको विवरण सार्वजनिक गरेको छ ।
कोरोनाको नाममा कटहरिया नपाका मेयर सियाराम कुशवाहा र अधिकृत रामप्रकाश साहको मिलोमतोमा ३ करोड ३१ लाख ३९ हजार ७ सय ८५ पचासी रुपैयाको भ्रष्टाचार गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।
मुसा देखाई बिरालो मार्ने दाउ जस्तै खर्च बिवरण सार्वजनिक गरि जनतालाई मुर्ख बनाउने कार्य भएको जनकारहरुको भनाइरहेको छ । मेयर र प्रशासकीय अधिकृत मिली लाखौ रकम हिनामिना गरेको छ।
क्वारेन्टाइन खर्चको विवरण हेर्ने हो भनें भ्रष्टाचारमा चरम सिमा नाघेको देखिएको छ । कोरोना कोषको खर्चको विषयमा नगरपालिकाको कदम सराहनीय भएपनि आम जनताले बढी रकम खर्च गरि भ्रष्टाचार गरेको स्रोतको दाबी रहेको छ ।
अरु नगरपालिकाले पनि कोरोना कोषको खर्च बारे विवरण सर्जनिक गर्नु जनतालाई बताउन जरूरी रहेको माग उठिरहेको बेला कटहरिया नपाले खर्च सार्वजनिक गर्नु सराहनिय रहेको छ । तर हदैसम्म लाखौ रकम खर्च गरि जनतालाइ हेराउनु ठिक नभएको स्थानियको भनाइ छ । यस विसयमा मेयर सियाराम कुशवाहासंग बुझ्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।