– शान्तिमान श्रेष्ठ
मैले चिन्ने एकजना बहिनी ४५-४६ नाघी , अति सुन्दरी छिन तर विहे बहेको छैन कारण उनको पाठेघरमा समस्या छ र गर्भधान गर्न सक्दिनन । तपाईं आफ्नो छोरा वा छोरी , नाति वा पनाती नंपुसक जन्मियोस भन्ने चाहनुहुन्छ ? आफ्नो छोराको बिहे थारो युवती संग गरिदिन सक्नुहुन्छ? आफ्नो छोरी को बिहे नपुंसक युवक संग गरिदिन सहमत हुनुहुन्छ ? तपाईको भावी पिंढी नपुंसक होस भन्ने चाहनुहुन्छ ? तपाईं आफैं नपुंसक हुन चाहनुहुन्छ ? पक्कै उत्तर आउँछ : अहँ कदापी चाहन्न ! तर :
हामिले नचाहेर के गर्नु : हाम्रो कुबुद्धी र वेवकुफिले हामी त्यही दिशामा जाँदैछौं । गरिबि र पछौटेपनमा जाकिन को चाहन्छ र ? तर यस्तो ठग नेताहरुको पछि लाग्याछौं र चुनेछौं कि परिणाम गरिबी र पछौटेपन बाहेक अर्को बिकल्प छैन किनकी धतुरो रोपेर फापर फल्दैन। नपुंसता बारेको स्थिती पनि यस्तै छ ।
हामी जे खान्छौं त्यही हुन्छौं , बोकाको मासु खानु र खसिको मासु खानुमा कामुकताको दृष्टिले जमिन आसमानको फरक पर्छ, बोकाको कामुकता बोकाको मासु बाट प्राप्त हुन्छ यसैले होला सायद इस्लामिक परम्परामा बोकाको कुर्बान हुँदैन । हिन्दु परम्परामा बलिको लागि बासेको भाले वा वयस्क बोका आवश्यक हुनुको मूल कारण भाले वा बोकाको कामुकता नै प्रमुख कारण हो। गुणबेत्ताको दृष्टिले पशुको रंगले पनि फरक पार्छ , कालो बोका र रातो बोकामा फरक पर्छ । हामी जे खान्छौं त्यसको गुण बाट अलग हुन सक्दैनौ । तर अहिले आधुनिकता संगै हाइब्रीडको जमाना आएको छ । जस्तो अहिले एक्ले धानको नाममा हाईब्रीड धानको बीउ भित्रीएको छ , खासमा यो धान अपुतो धान हो किनकी यो बीउ बाट धान त फल्छ तर यस बाट फलेको धान लाई बिउको रुपमा प्रयोग गर्न सकिँदैन अर्थात यसलाई जन्मजात बन्ध्याकरण गरिएको छ, यो जन्मजात नपुंसक धान हो, अहिले नेपालमा यो नपुंसक धानको व्यापक प्रयोग भएको छ जसको भावी असर निकै गम्भीर छ जुन कि हामिलाई हेकान छैन , आयुर्वेद अनुसार जुन खाद्य वस्तुमा प्रजनन क्षमता हुँदैन त्यो खाद्य वस्तु विष समान हुन्छ , यसरी हामी विष खाँदैछौं र विषले भावी पिंढिलाई नपुंसक बनाउँदैछ , यो भिन्नै हो कि यसको असर देखिन केही पुस्ता लाग्न सक्छ , स्लो पोइजनको रुपमा यसले काम गर्छ। यस्ता हाइब्रीड बीउको पछाडी अन्तर्राष्ट्रिय दिग्गज माफियाहरुको ठूलो चलखेल र षडयन्त्र छ किनकी पश्चिमाहरु केही शताब्दिको योजना बनाएर कदम चाल्छन ।
यो धानको प्रचलन व्यापक भैसकेपछी के हुन्छ ? स्थानिय प्रजातिको लोकल धानको बीउ पुरै लोप हुन्छ , अर्को तर्फ केही वर्ष यस्तो धान फलाइएको खेतमा अरु धान फल्दैन तब के हुन्छ? यो धानको बीउ बाट फलेको धानलाई बीउको रुपमा प्रयोग गर्न त सकिँदैन तब जसले यो धानको प्रोग्रामिङ गरेर पेटेन्ट राइट लिएको छ उसले जति चर्को मूल्य लागाए पनि त्यही धान को बीउ किन्नु पर्नेछ र विश्वभर त्यो कम्पनिको एकाधिकार हुनेछ तब त मानिसहरु जानाजान नपुंसकताको बाटोमा जानुपर्नेछ। धान मात्र होइन अहिले काँक्रो , घिंरौला, लौका , आलु लगाएतका बिरुवाको बीउ समेत हाइब्रीड आएको छ जुन कि जन्मजात अपुतो छ । हांस, कुखुरा पनि यस्तै अपुतो बनाइएको छ बजार एकाधिकारको लागी । विहे गरेको निकै वर्ष भएर पनि छोराछोरी नभएको मानिसलाई रिस उठदा हामी अपूतो भनेर गाली गर्छौं , श्राप दिंदा अपूतो भएस भन्छौं तर हामी आफैं अपूतोको दिशामा जाँदैछौं , अब आफैलाई अपुतो भनेर गाली गरे हुँदैन ?
एकजना धार्मिक गुरुलाई सोधियो : यो दुनियाँमा तपाईलाई सबैभन्दा ताज्जुब लाग्ने प्रसंग के हो? उनले भनेका छन : “मनुष्यले पैसा कमाउन जे पनि गर्छ , स्वास्थ्य पनि गुमाउँछ, जब उसले स्वास्थ्य गुमाएर बिमारी हुन्छ तब उसले स्वास्थ्य पुन प्राप्त गर्न कमाएको सम्पूर्ण सम्पत्ती गुमाउन तयार हुन्छ।”
गुमेको स्वास्थ्य त कदाचित पुन प्राप्ती होला तर नपुंसकता बाट कसरी छुटकारा पाउने होला ! अहिले विदेश बाट आयातीत काजु ,किसमिस , ल्वाङ्ग , सुकमेल , फलफूल लगायतका जतिपनी खाद्य वस्तु छन ती सबैलाई खसी पारेर पठाइन्छ ता कि ती खाद्य वस्तु बाट बीउ बनाएर पुन उत्पादन गर्न नसकियोस र ती खाद्य वस्तु माथिको एकाधिकार कायम रहोस । यस्ता हाइब्रीड बीउ र खाद्य बस्तुले शरिरलाई मात्र होइन मानसिकतालाई गम्भिर जोखिम पुर्याउँछ किनकी शरिरको असर मनमा पर्छ , मनको असर शरिरमा पर्छ।
सबैभन्दा ठूलो राजनिती एलोपैथिक औषधीमा छ , एलोपैथिको वैश्विक राजनितिको गाथा गहिराइमा बुझ्ने हो भने जिब्रो टोक्न पर्ने स्थिती छ । विश्वको सबैभन्दा शक्तिशाली बर्ग हो फर्माक्युटिकल्स कम्पनिहरु । अन्य सम्पूर्ण क्षेत्रले विश्वको राजनितिक दल र नेताहरुलाई जति चन्दा दिन्छ त्यो भन्दा बढी फर्माक्युटिकल्स कम्पनी एक्लैले दिन्छ त्यसैले फर्माक्युटिकल्स कम्पनिहरुले विश्वको राजनिती नै मूठिमा राखेका छन , विश्वको शक्तिशाली कहलिएको देशको सरकार र नेतृत्वलाई मूठिमा राखेर खेलाउन सक्ने फर्माक्युटिकल्स कम्पनीको सन्दर्भमा नेपालका लोभी , पापी, भुस्याहा नेताहरुको के कुरा गर्नु ? यी तोर्पे-भुस्याहाहरुलाई गोर्खाको एकजना धुर्त बाहुन ठिटो एकनाथ ढकालले फनफनी रिंगाएर सोल्टी होटलमा ४ दिन सुताइदिन्छ र होलिवाइन भन्दै मदर मुनको पिसाब खुबाइदिन्छ , देशको होनहार भनिएका युवा नेताहरुलाई यहि एकनाथले सित्तैमा कोरिया घुमाएर , तारे होटलमा सुन्दरी वेश्या संग सुताइदिएर ब्ल्याकमेल गरेर दास बनाउँछ , मैं हुँ भन्ने कतिपय महान कमरेडहरु , होनहार युवानेता भन्नेहरु जो जनताको नजरमा राम्रो देखिन चान्छन र होलिवाइन पिउन जाने आँट गरेनन तिनले चाहिँ सुटुक्क एकनाथलाई फोन गरेर कार्यक्रम मा आउन नसकेकोले माफी मागे रे …! फर्माक्युटिकल्स कम्पनिहरुले यी भुस्याहाहरुलाई अमेरिका बाटै “फु” गरेर नचाईदिन्छन त्यसैले आफ्नै पूर्खाले हजारौं वर्ष अघि खोज गरेर निष्पत्ती निकालेको विषय : “प्रजनन क्षमता नभएको खाद्य वस्तु विष समान छन” भन्ने मानव जातिको लागि अति नै महत्वपूर्ण ज्ञानलाई लात हानेर अपूतो खाद्यहरु भित्राउँछन, हुन त कतिपय नेताहरु पहिले नै अपूतो छन , म त अपूतो भएँ भएँ अरु यत्रै सिति भन्ने सोंच राखेका होलान !
एउटा उदाहरण :
५०-६० को दशकमा विश्वका प्रमुख फर्माक्युटिकल्स कम्पनिहरुले INGO हरुमा लगानी गरेर अफ्रीकी देशहरुमा भोलेन्टियर खटाए , निहुँ थियो स्वास्थ्य परिक्षण , शिक्षाको स्तोरोन्नत्तरी , अतिरिक्त शिक्षा इत्यादी । यी भोलेन्टियरहरुले अफ्रिकी देशहरुका स्कुल स्कुल पुगेर बालबालिकाहरुलाई चकलेट बाँडथे , यो चकलेट स्लो पोइजन थियो र जसको असर ४० वर्ष पछि विभिन्न रोगको रुपमा पैदा हुन्थ्यो , फर्माक्युटिकल्स कम्पनिहरुले चकलेटको कारण पैदा हुने रोगको लागि औषधिको शूत्र पनि तयार पारेका थिए । आजको ५ वर्षको बालक ४० वर्ष पछि ४५ वर्षको हुन्थ्यो तब उसलाई विभिन्न स्वास्थ्य जटिलता आइपर्थ्यो अनि फर्माक्युटिकल्स कम्पनिहरु औषधि बोकेर अफ्रीका पुग्यो र अफ्रीकाको पैसा सोहोर्यो , यी औषधिले फेरि १० वर्ष पछि अर्को रोग निम्ताउँथ्यो तब फेरि त्यो रोगको औषधि बोकेर पुग्थ्यो, यो औषधिले फेरि अर्को रोग निम्ताउँथ्यो….। पश्चिमा फर्माक्युटिकल्स कम्पनिहरुले तयार गरेको औषधिको विशेषता नै यस्तो छ कि एकपटक खाए पछि जिन्दगिभर औषधि खानुपर्ने र यी फर्माक्युटिकल्स कम्पनिहरुले चुसिरहने। अफ्रीकामा भ्याक्सिन बाट करोडौं मानिस मरेका छन , भारतमा समेत ७ करोड बालबालिका भ्याक्सिनको कारण मरेका छन।
कतिपय यस्ता एलोपैथिक औषधि छन जसको बारे विभिन्न देशमा छरिएका फर्माक्युटिकल्स कम्पनिका एजेन्टहरु द्धारा भ्रम फिंजाइएको छ कि उक्त औषधि खाएपछी टुटाउन हुँदैन , नियमित सदैब खानुपर्छ, जस्तो : हाई ब्लड प्रेसरको औषधि, सुगरको औषधि इत्यादी , मनुष्यलाई जीवनभर औषधि खुबाएर नमरुन्जेल चुसिरहने रणनीति फर्माक्युटिकल्स कम्पनिहरुको देखिन्छ। तर तथ्य के हो भने यस्ता एलोपैथिक औषधि बाट क्रमश मुक्त गराएर परम्परागत औषधि चलाएर रोग निको पार्न सकिएको प्रशस्त उदाहरण छन।
एन्टिबायोटिक औषधि बाट लाभ भन्दा बढी हानी छ किनकी यस्ता एन्टिबायोटिक औषधिले हानिकारक ब्याक्टेरिया मात्र होइन शरिरको रोग प्रतिरोधात्मक क्षमताको लागि अत्यावश्यक ब्याक्टेरिया समेत नष्ट गर्छ किनकी एन्टिबायोटिक औषधि सँग कुन ब्याक्टेरिया शरिरको लागि लाभदायक हो र कुन चाहिँ हानिकारक हो भन्ने तथ्य छुट्टाउन सक्दैन, बरु हानिकारक ब्याक्टेरियाले एन्टिबायोटिक औषधि पचाउन सक्ने गुण र क्षमता विकास गर्दै लैजान्छ फलस्वरूप थप बढी डोजको एन्टिबायोटिक औषधिको मात्रा बढाउँदै लैजान पर्ने हुन्छ जसले गर्दा शरिरको लागि लाभदायक ब्याक्टेरियाहरु थप नष्ट भएर रोग प्रतिरोधात्मक क्षमता नाजुक हुन्छ।
पश्चिमाको शोषण रणनीति बहुआयामिक छ , एउटा आयाम हो रासायनिक मल , नेपालमा रासायनिक मलको प्रयोग हुँदैनथ्यो तर रासायनिक मल बाट उत्पदन बढ्ने ढोल पिटियो , सरकारमा बस्ने दलाल मार्फत रासायनिक मल बितरण भयो , फलस्वरूप यस्तो भयो कि एकपटक रासायनिक मल प्रयोग भएको खेतमा सधैंभर रासायनिक मल प्रयोग गर्नपर्ने भयो , अन्य प्रांगरिक मल ले काम नगर्ने भयो। अहिले सरकारले बंगलादेश बाट रासायनिक मल भिख माग्दैछ। यो रासायनिक मलले मोटोलाई पुरै विषाक्त बनायो , उर्बर माटोको लागि सबैभन्दा लाभदायक गड्यौंला सखाप पार्यो , माटोमा हुने किरा सखाप पार्यो , सर्प सखाप पार्यो । विषाक्त माटोमा फलेको अन्न पनि विषाक्त हुने नै भयो फलस्वरुप हामी विषाक्त अन्न खाँदैछौं, यस्तो विषाक्त अन्न बाट विभिन्न रोग लगायत क्यान्सर समेतको जोखिम छ तर क्यान्सरको उपचारको लागि केमो लगायतका औषधि उतै बाट आउँछ ! रासायनिक मलले केही दशकमा माटोलाई बंजर बनाउँछ यो ख्याल हामिलाई आएन , रासायनिक मलले खोलाको माछालाई समेत विषाक्त बनायो । कतिपय औषधि र सामाग्री छन जसले स्त्री हरुमा पाठेघरको क्यान्सर निम्ताएको तथ्य प्रमाणित भएको छ।
हतियारको राजनिती त अझ डरलाग्दो छ , यस बारे मैले पहिले नै लामो आलेख लेखेको छु , अहिले केबल यत्ती भनौं : २०० वर्ष अघि सम्म नेपाल र युरोपको आर्थिक अवस्था बिच त्यति भिन्नता थिएन , ८० वर्ष अघि सम्म नेपाली मुद्रा र अमेरिकी मुद्राको बिनिमय दरमा त्यति भिन्नता थिएन तर यस्तो के भयो र युरोप – अमेरिका हजारौं गुणा सम्पन्न भए ? संक्षिप्त रहस्य यस्तो छ :
१. दोस्रो विश्व युद्ध पछि संसारको कुनै पनि भूभागमा भएको हरेक युद्ध लगत्तै युरोप अमेरिकाको प्रतिव्यक्ति आय बढेको छ ।
२. दोस्रो विश्वयुद्ध पछि पृथ्वीको हरेक युद्ध पिच्छे युरोप अमेरिकाको प्रतिव्यक्ती आय बढेकोले ती देशको प्रतिव्यक्ति आय हजारौं गुणाले बढेको छ किनकी ती प्रत्यक युद्धमा हतियार बेच्ने तिनै युरोप र अमेरिका थियो।
३. दोस्रो विश्वयुद्ध पछि युरोप अमेरिकाको प्रतिव्यक्ती आय ह्वात्तै बढ्नुको प्रमुख कारण दोस्रो विश्वयुद्ध पछि संसारमा ५ हजार भन्दा बढी युद्ध – गृहयुद्ध भए तर ती मध्य कुनै पनि युद्ध अमेरिका – युरोपमा भएन , एशिया, अरब र अफ्रीकामा भयो। यी भूभागमा युद्धको चपेटाले तहसनहस भए तर युरोप अमेरिका चोखो रह्यो।
४-प्रथम विश्वयुद्ध अघि सम्म बेलायत सबैभन्दा शक्तिशाली राष्ट्र थियो तर यो युद्ध र लगत्तैको दोस्रो विश्वयुद्ध पछि अमेरिका सबैभन्दा शक्तिशाली भयो , कारण: प्रथम र दोस्रो दुबै विश्वयुद्धमा अमेरिका त लड्यो तर आफ्नो भूमिमा लडेन अन्य देशको भूमिमा लडयो, बेलायतको भूमिमा समेत युद्ध भयो त्यसैले बेलायत पछाडी धकेलियो र अमेरिका अगाडी गयो।
५. यी युद्ध पछि युरोप- अमेरिकाले सम्पन्नताको महत्वपूर्ण शूत्र फेला पारे : आफ्नो भूमिमा युद्ध नलडने अन्य देशमा लडने । युरोपेली देशहरुले भेला भएर युरोपको भूमिमा आपसमा युद्ध नलड्ने सन्धी गरे । यो सन्धी पछि एउटा समस्या देखियो , अति प्रभावशालि स्थितिमा रहेका ठूला हतियार कारखाना बन्द हुने भए किनकी युद्ध नै नहुने भए पछि हतियार काम नलाग्ने भयो। तब यिनले विश्वभर एजेन्ट र दलाल खटाएर , विभिन्न देशहरुहरुमा लोभी नेताहरु खरिद गरेर , अति आकर्षक सैद्धान्तिक आवरणमा संगठन निर्माण गर्न लगाएर युद्धको माहौल सिर्जना गरेर हतियार बेचे फलस्वरूप ५ हजार भन्दा बढी युद्ध भयो , जसको चपेटामा नेपाल पनि पर्यो , १० वर्षे धनयुद्धले देशलाई त गरिविमा जाक्यो तर पश्चिमेलिको आर्थिक उन्नतिमा योगदान चाहिँ दियो किनकी सेना र विद्रोहिले हतियार किन्ने थलो तिनै थिए। पाकिस्तानलाई २ ओटा नयाँ फाइटर प्लेन दिएर भारतलाई तर्साउने र भारतलाई १० ओटा फाइटर प्लेन बेच्ने , अनि यहि १० ओटा फाइटर प्लेनले तर्साएर पाकिस्तानलाई पनि १० ओटा फाइटर प्लेन लगायत आधुनिक हतियार बेच्ने धन्धा अहिलेसम्म चलिरहेको छ । विभिन्न देशमा विद्रोही जन्माएर , हतियार बाँडेर सरकार तर्साउने र सरकारलाई हतियार बेच्ने , अन्य राजनैतिक हस्तक्षेप गरेर आफ्नो नीति लागू गराउने ! यस्तो कथा लामो हुन्छ ….
युरोपको ६ शताब्दी अघि सम्मको ईतिहास हेरौं जंगली स्वभावको थियो , करोडौं नागरिक किरा जस्तै गरि मारे , पुरै ईतिहास समुन्द्री डकैती र हत्या हिंसाको ईतिहास छ, एउटाले डकैती गरेर पानीजहाजमा ल्याएको धनमाल अर्कोले समुन्द्रमै लुटने इतिहासले भरिएको छ युरोपको ईतिहास , यिनको लागि मान्छे मार्नु किरा फट्याङ्ग्रा मार्नु बराबर हो, धेरैलाई अझै भ्रम छ: पश्चिमाहरु अति सभ्य छन, शिक्षित छन , ६ शताब्दी अगाडिको जंगली स्वभाव अहिले छैन तर यो सबैभन्दा ठूलो भ्रम हो , पश्चिमाले औषधि , हतियार , खाद्य पदार्थ लगाएतको क्षेत्रमा लिएको नितिलाई सूक्ष्म रुपले केलाउने हो भने जंगली स्वभाव अझै तिखारिएको प्रमाणित हुन्छ , यिनको सम्पन्नता र वैभवताको छुद्र स्वार्थको लागि करोडौं नागरिक , बालबालिकालाई मराएका छन , ६ अर्ब मनुष्यलाई योजनाबद्ध ढंगले जन्मजात दिर्घ रोगी बनाएका छन , यिनका दलाल नोकरहरु नेपाल लगायतका प्राय देशको सत्तामा हर्ताकर्ता छन जस मार्फत यिनले आफ्नो नीति कार्यान्वयन गर्छन। वास्तवमा पश्चिमिहरुले मानवता विरुद्ध अक्षम्य अपराध गरेका छन तर अचम्म : मानव अधिकारको ठेक्का र मानव अधिकारको सर्टिफिकेट बाँडने ठेकेदारी तिनै सँग छ।
अहिले विश्वभर कोभिड – 19 बारे बिबादास्पद बहस चुलिएको छ , अब एउटा ठूलो तप्का कोरोना लाई कृतृम षडयन्त्रको रुपमा चित्रीत गर्दै ठूला-ठूला प्रदर्शनमा उत्रीएका छन , यस विषयमा विस्तृत रहस्य खुल्न बाँकी नै छ त्यसैले यकिन गरेर बोल्न उचित हुँदैन तर कोरोना बारेको पछिल्लो बिबाद र शंसयलाई बुझ्न माथिको प्रसंग सहायक होला भनेर मैले उल्लेख गरें।
(श्रेष्ठको फेसबुक वालबाट साभार)