खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने सिद्धान्त

0
3684

– विजया पन्त

न त मार्क्सका दर्शन लेखिएका किताबका डेली बीचबीचमा कोटेसन गर्दै पढेका थिएनौँ, न त माओका विचार, न त एङ्गेल्सका सिद्धान्त नै पढेका थियौँ ? थियौँ त केबल तिम्रा आमसभाका भाषण, कुनै महापुरुषले दिएको दिव्योपदेश वा मुक्तिको प्रवचनभन्दा मिठो ठानेर सुनेका । “नेपाली जनताको रोग, भोक, गरिबीको उन्मुक्ती, समानता र आर्थिक समृद्धिले देशले विकासमा कोल्टो फेर्ने ।” मनै रसाउने ती मिठा भाषण सुन्दै कम्युनिष्ट शासन भएका देशको विकास हेर्‍यौँ र दूर दृष्टिले चिहाइ देश विकास गर्ने, गरिब जनताको गासबासको व्यवस्था गर्ने, महिलाले सम्मानजनक बाच्न पाउने, छोरीहरू अस्मिता लुटिएर मर्न नपर्ने सामाजिक, आर्थिक र वर्गीय विभेदको अन्त्य हुने आदि आदि ………यस्ता भाषण सुन्दै, कल्पनामा रमाएर त कम्युनिष्टको एकमाना सरकारको आशा गर्‍यौँ ।

 

सुन शौचालय सिगार्ने वस्तु हो यो जम्मा गर्नु र लगाउन हुँदैन भन्यौ । दाइजोपात लिनु र दिनु महापाप हो, दाइजो लिनु हुँदैन भन्यौ तर आज सम्पत्ति विवरण सार्वजनिक गर्दा तिमीहरू कै सम्पत्तिमा तोलाका तोला सुनचाँदी श्रीमतीको दाइजो भनेर सम्पत्ति विवरण देखाइन्छ । त्यसैले होला हात मिलाउँदा कामका ठेलाले हैन औँठीले हात बिझाउन थालेका छन् । बसेर खाने, काम नगर्ने, अरुलाई काम गराएर खाने सामन्ती हुन, भन्यौ । यिनीहरू गरिबका पसिना चुस्ने किर्ना हुन् भन्यौ । जनताले तिरेको करमा मस्ती गरेका छन् भन्यौ र त हामी दश हात उफ्रेर शासकको विरोध गर्‍यौँ । तर आज करको आतंकले जनता आजित छन् भने तिमीहरू नै जनताले तिरेको करबाट करोडौँका गाडी र सुख भोगमा लाग्न थाल्यौ । तिमीहरूले भनेका माक्र्सवादी सिद्धान्तलाई कन्ठस्थ गर्दै व्यवहारमा उतार्न हामी सोझासाझा, सुखसयल, आराम र मोजमस्तीलाई मस्तिष्कबाट नै हाटाएर सदा श्रमिक बन्न लाग्यौँ । देशमा भ्रष्टाचार अन्त्य भई सुशासन आएर जनताले विकासको गतिले पूर्वमा लाली छाएको देख्न पाउलान् भन्ने थियो तर आज रु १०० को सामान खरिद गर्दा रु. १००० का बिल बन्न थाले । यस्तो अवस्था देख्दा पैसा विना त स्वास पनि फेर्न नपाइने हो कि भन्ने लाग्न थाल्दैछ ।

 

तिम्रा भाषणलाई वटुकले वेदका ऋचा कण्ठ गरे जस्तै कण्ठस्थ गर्‍र्यौ र तिमीले भनेका कुरालाई यसरी पछ्याउँदै गयौँ । संस्कृत पढ्न हुँदैन भन्यौ । हामी संस्कृतको घोर विरोध मात्र गरेनौँ । संस्कृतका ऋचा पाठ गर्नु त के संस्कृतका किताब पनि च्यातेर फाल्यौँ जहाँ एक मानव भएर बाँच्न सिकाउने अनुशासन र सुसंस्कृति लेखिएका रहेछन् । आज पश्चिमा देशमा संस्कृतको अध्ययन मात्र होइन कम्युटरमा समेत संस्कृत भाषामा विकास हुन लागेको छ । यस अवस्थामा अनुशासन र सुसंस्कृति सिकाउने संस्कृत भाषा र प्रविधिमा अनविज्ञताले गर्दा कतै भोलि हाम्रा सन्ततिहरू फेरी एक पाइला पछाडि पर्ने त होइनन् ?

सुन शौचालय सिगार्ने वस्तु हो यो जम्मा गर्नु र लगाउन हुँदैन भन्यौ । दाइजोपात लिनु र दिनु महापाप हो, दाइजो लिनु हुँदैन भन्यौ तर आज सम्पत्ति विवरण सार्वजनिक गर्दा तिमीहरू कै सम्पत्तिमा तोलाका तोला सुनचाँदी श्रीमतीको दाइजो भनेर सम्पत्ति विवरण देखाइन्छ । त्यसैले होला हात मिलाउँदा कामका ठेलाले हैन औँठीले हात बिझाउन थालेका छन् । बसेर खाने, काम नगर्ने, अरुलाई काम गराएर खाने सामन्ती हुन, भन्यौ । यिनीहरू गरिबका पसिना चुस्ने किर्ना हुन् भन्यौ । जनताले तिरेको करमा मस्ती गरेका छन् भन्यौ र त हामी दश हात उफ्रेर शासकको विरोध गर्‍यौँ । तर आज करको आतंकले जनता आजित छन् भने तिमीहरू नै जनताले तिरेको करबाट करोडौँका गाडी र सुख भोगमा लाग्न थाल्यौ ।

तिमीहरूले भनेका मार्क्सवादी सिद्धान्तलाई कन्ठस्थ गर्दै व्यवहारमा उतार्न हामी सोझासाझा, सुखसयल, आराम र मोजमस्तीलाई मस्तिष्कबाट नै हाटाएर सदा श्रमिक बन्न लाग्यौँ । देशमा भ्रष्टाचार अन्त्य भई सुशासन आएर जनताले विकासको गतिले पूर्वमा लाली छाएको देख्न पाउलान् भन्ने थियो तर आज रु १०० को सामान खरिद गर्दा रु. १००० का बिल बन्न थाले । यस्तो अवस्था देख्दा पैसा विना त स्वास पनि फेर्न नपाइने हो कि भन्ने लाग्न थाल्दैछ ।

आकाशिंदो बजार मूल्य र भ्रष्टाचारको दुर्गन्धले, पार्टी र भाषणलाई मन्त्र बनाउँदै वर्गीय विभेद अन्त्य हुने तिम्रा ललिपपे भाषणमा विश्वास गर्दै व्यवहामा नै परिवर्तन गर्ने अठोट गरी समाज परिवर्तन गर्न लाग्ने नै उल्लु बन्दैछन् ।

 

पूजा आजा गर्नु हुँदैन, ढुङ्गाको पूजा गरेर के हुन्छ, धर्म अफिम हो भन्यौ ? खुर्सानी रोपे खान पाइन्छ, तुलसी रोपेर के हुन्छ भन्ने कुरा बुझायौ, हामी तिमीहहरूका वाणीलाई भगवानको वाणीभन्दा पवित्र मानेर तुलसी रोपेको ठाउँमा तुल्सी उखेलेर खुर्सानी रोप्यौँ, मन्दिर भएको ठाउँमा मन्दिर भत्काएर नेताका शालिक बनायौँ । आजको शासन र सत्ता सञ्चालनले सबै झुटा रहेछन् भन्ने अनुभूति गराइरहेको छ । वास्तवमा हामी पूर्वीय सभ्यता र संस्कृतिमा बाँचेका रहेछौँ । हाम्रो बेग्लै संस्कार, संस्कृति र सभ्यता रहेको छ यसले विश्वमा नै हामीलाई चिनाइरहेको छ । कि त तिम्रा भाषणलाई अक्षरस: पालना गर हैन भने अब सोझा जनतालाई झुटा भाषणमा भुलाउन अन्त्य गर ।

 

तिमीहरूका खुट्टाले टेक्ने ठाउँका राता कार्पेट, अगाडिपछाडिका सुरक्षा गार्ड र गाडीका ताँती, बासस्थानका सुखसुविधाले बताउँछ श्री ३ महाराजा वा राजा । हजुर, मौसुफ त राज राजखानदानी सामन्ती भाषा हुन बोल्नु हँदैन भन्थ्यौ । हामी समानता खोज्दै अरु त के आमा बुवालाई बोलिने हजुर संबोधनलाई पनि हटाएर तपाईँ भन्नतिर लाग्यौँ तर तिमीहरूको घरमा त मौसुफ हजुर चल्न थाल्यो । तिमीहरुका व्यावहारले हामीलाई उत्प्रेरणा देला, समाजमा बाच्न सजिलो होला भन्ने ठान्यौँ तर ती त केबल भाषण मात्र रहेछन् । गहिरिएर सोच्दा, लाग्छ नेपालको शिक्षा र माक्र्सवादी सिद्धान्त केबल कण्ठस्थ गर्ने मात्र हुन् व्यवहारमा आउँदैन ?

पूजा आजा गर्नु हुँदैन, ढुङ्गाको पूजा गरेर के हुन्छ, धर्म अफिम हो भन्यौ ? खुर्सानी रोपे खान पाइन्छ, तुलसी रोपेर के हुन्छ भन्ने कुरा बुझायौ, हामी तिमीहहरूका वाणीलाई भगवानको वाणीभन्दा पवित्र मानेर तुलसी रोपेको ठाउँमा तुल्सी उखेलेर खुर्सानी रोप्यौँ, मन्दिर भएको ठाउँमा मन्दिर भत्काएर नेताका शालिक बनायौँ । आजको शासन र सत्ता सञ्चालनले सबै झुटा रहेछन् भन्ने अनुभूति गराइरहेको छ । वास्तवमा हामी पूर्वीय सभ्यता र संस्कृतिमा बाँचेका रहेछौँ । हाम्रो बेग्लै संस्कार, संस्कृति र सभ्यता रहेको छ यसले विश्वमा नै हामीलाई चिनाइरहेको छ । कि त तिम्रा भाषणलाई अक्षरस: पालना गर हैन भने अब सोझा जनतालाई झुटा भाषणमा भुलाउन अन्त्य गर । सिद्धान्तलाई खसीको टाउको झुन्याएर कुकुरको मासु बेच्ने नबनाऊ ।

क्राइम चेक साप्ताहिकमा २०७६ भदौ १८ गते प्रकाशित

Share and Enjoy !

0Shares
0 0 0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here