Wednesday, October 16, 2024
घरक्राइम चेककोरोना संक्रमितकोलागि रौतहटमा तीन सय श्यया क्षमताको आइसोलेशन निर्माण

कोरोना संक्रमितकोलागि रौतहटमा तीन सय श्यया क्षमताको आइसोलेशन निर्माण

रौशन चौधरी।
रौतहट, ४ भदौ ।
जिल्लाको  देवाही गोनाही नगरपालिका वडा नं.९ धरहरी स्थित रहेकोे जय किसान पोलिटेक्निक ईन्स्टिच्युटमा ३०० शय्या क्षमता भएकोआइसोलेशन सेन्टर निर्माण र  सञ्चालनको काम अन्तिम चरणमा पुगेको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले बताउनु भएको छ।
निर्माणाधिन  उक्त  आइसोलेशन सेन्टरको बिभिन्न अधिकारिहरुले स्थलगत अनुगमन समेत गरेको छ । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल, प्रमुख जिल्ला अधिकारि ईन्द्रदेव यादव, प्रहरी उपरीक्षक रविराज खड्का, अनुसन्धानका प्रमुख अभिनय सिंह, सेनाको प्रमुख,  गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णा साह, जय किसान पोलिटेक्निक ईन्स्टिच्युट धरहरीका परीक्षा प्रमुख मुकेश साह लगायतका टोलीले स्थलगत अनुगमन गर्नु भयो ।
आइसोलेशनको लागि आवश्यक सबै तैयारी अन्तिम चरणमा रहेको र सम्भवतः बिहिवार देखि सन्चालनमा आउने नगर प्रमुख पटेलले बताउनु भएको छ।
बेड, शौचालय, धारा, खानेपानी र गुण्स्तरिय खानाको सबै प्रबन्ध भैसकेको वाहाँले बताउनु भएको छ ।
यता प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइसोलेशन निर्माणको काम अन्तिम चरणमा पुगेको पुष्टी गर्नु भएको छ।
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -