Tuesday, January 14, 2025
घरक्राइम चेकघाँटी रेटेर हत्या गर्ने सातजना पक्राउ र सार्वजनिक

घाँटी रेटेर हत्या गर्ने सातजना पक्राउ र सार्वजनिक

रौशन चौधरी
रौतहट, ४ भदौ ।
गत पाँच दिन अघि घाँटी रेटेर निर्ममतापुर्वक २० बर्षिय दलित युवक निरन्जन रामको हत्यामा संलग्न सात जना व्यक्तिलाई समातेर इलाका प्रहरी कार्यालय गरुडाले विहिवार सार्वजनिक गरेको छ ।
 इलाका प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डिएसपी ज्ञानकुमार महतोले युवक रामको अनैतिक सम्बन्धको कारण योजनाबद्ध तवरबाट धारिलो हतियारबाट घाँटी रेटेर हत्या गर्नमा संलग्न सात जनालाई सार्वजनिक गरी ज्यान सम्बन्धी कसुरमा भदौं १ गते सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जानकारी दिएको हो ।
 डिएसपी महतोको अनुसार गरुडा नगरपालिका ८ बसविटी जिगडियाका नन्दलाल राम चमारको २० बर्षिय छोरा निरन्जनको सो गाउँका २२ बर्षिय शेख अजादको घरको महिला संग अनैतिक सम्बन्ध रहेको हुँदा योजनाबद्ध तवरबाट २० बर्षिय अजयकुमार रंजन, १९ बर्षिय विवेक कुमार यादव, १९ बर्षिय अर्जुन राम, २० बर्षिय सिकिन्द्र राम, १९ बर्षिय विजय महरा, सहित सात जना मिलेर हत्या गरेको छ ।
 घाँटी रेटेका अजादको बाँया हातको चोर औला काटिएको छ र मृतक निरन्जनको मोवाइलको कल डिटेलको आधारमा अजादलाई नियन्त्रणमा लिएपछि सवै कुरा खुल्न आएको डिएसपी महतोले पत्रकार सम्मेलनमा दाबी गरे ।
मृतकको वुवा नन्दलाल स्थानीय सर्च नर्सरीमा कार्यरत रहेको र त्यहीबाट बर्थडे मनाउन केही पैसा उपलब्ध गराएकोमा नर्सरी संचालक माथि अनुसन्धान जारी रहेको समेत उनले स्पष्ट पारे ।
 हत्या गरेर नजिकै रहेको जलकुम्भीमा मृतकको शव र हत्यामा प्रयोग गरिएको धारिलो हतियार पानीमा फालेको बताउदै डिएसपी महतोले घटनास्थलको अवस्था र त्यहाँ बरामद भएका सामानहरुबाट तालिम प्राप्त कुकुरको मद्दत लिई अपराधमा संलग्न व्यक्तिलाई प्रहरी पाँच दिन भित्र पत्ता लगाई आज सार्वजनिक गरेको बताए ।
 हिरासतमा रहेका सातै जनालाई जिल्ला अदालत गौरबाट सात दिनको म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाएर आवश्यक अनुसन्धान गरिरहेको बताए । संचारकर्मीको प्रश्नको जवाफमा अजादको घरको कुन महिला संग रामको अनैतिक सम्बन्ध रहेको बारे केही बाल्न चाहनु भएन ।
 श्रोतका अनुसार सर्च नर्सरीका संचालकको घर परिवारका महिला संग रामको सम्बन्ध रहेको र उसैले युवकलाई हत्या गर्न सुपारी दिएको बुझिएको छ । अजादले पैसाको लोभमा परेर हत्या गरेको तर उनको घर परिवारको कसै संग सम्बन्ध नभएपनि एकमात्र सम्बन्ध पैसाको चलखेलमा युवक रामको हत्या भएको श्रोतको दावी छ । प्रहरीले नर्सरी संचालकलाई जोगाउने कार्य गरिरहेको तथा उक्त घटनामा उसको छोरालाई समेत नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीको अनुसन्धानको डायरामा नर्सरीका संचालक रहेपनि युवकलाई अत्याधिक मदिरा सेवन गराएर हत्या गरिएको बताइएको छ ।
 प्रहरीले नियन्त्रणमा लिएको ११ जना मध्ये सात जना हत्याको योजनामा संलग्न रहेको हुँदा चार जनालाई छाडेको प्रहरीले बताए । उनीहरुलाई भदौ १ गते साँझ हिरासतमा लिई आवश्यक अनुसन्धान गर्दा हत्या गर्ने सवै जिम्मेवारी अजादले लिएको र उनलाई हत्या गर्नमा सघाउने अन्य ६ जनालाई समेत प्रहरीले पक्राउ गरी कारवाही चलाएको इप्रका गरुडाले जनाएको छ ।
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -