काठमाण्डौ, ३ भदौ ।
काठमाण्डौ वडा नं ३१
कामनपा ३१ नं वडाले गैरजिम्मेवारीको पराकाष्ठा नाघेको छ । आज राति १२ बजे पछि निशेध आज्ञा लाग्दै छ । भोलि उक्त वडामा वडाबासीहरुले सधै चाहिने सामानहरु जस्तै ओषती, खाद्यान्न सामाग्री , तरकारी , दूध, फलफुल, पानी जस्तो सामान किन्नकोलागि पसल खुल्ले हो कि होईन, खोल्ने हो भने कति खेर खोल्ने हो हामीलाई समय बताई दिनुस भन्दा उत्तर आउँछ , हामीलाई थाहा छैन, सुचना आउला नि रे ! त्यो पनि वडा सदस्य ज्यूको, अरु वडा सदस्यहरु र वडा अध्यक्ष ज्युको त मोवाईल नै बन्द छ । के यसैको लागि जनताको रगत पसिना बगाएर तिरेको करले मोवाईल किनेर तिनिहरुलाई सुबिधा दिएको हो ?
भन्नमा चाँहि वडाका जनताका प्रतिनिधि भन्ने सुचना केमा आउँछ यो पनि थाहा छैन, कतिखेर आउँछ त्यो पनि थाहा छैन । यस्तो हुन्छ जनताले चलाएको देशको वडाका जनप्रतिनिधिहरु ? के यसैकै लागि ३१ वडावासीहरुले तिनिहरुलाई भोट हालेर जिताएका ? जनताहरु एकातिर कोरोनाको महामारी , एकातिर निशेध आज्ञाको डर, एकातिर अब कसरी कमाएर आफू र आफ्नो परिवारलाई पाल्ने, सबै भन्दा त आफू र आफ्नो परिवारलाई कसरी यो महामारीबाट जोगाउने भन्ने चिन्तै चिन्ताले पिरोलिएका छन् भने अर्को तिर वडाका सम्पूर्ण जनप्रतिनिधिहरु कार्यालय बन्ध गरेर आफ्नो घरमा परिवार संग बाबुको मुख हेर्ने चाड मनाएर बसिरहेका छन् ।
के यहि हो वडा अध्यक्ष रवडा सद्स्यहरुको काम-कर्तव्य र जिम्मेवारी ? के एसैकालागी केन्द्रीय सरकारले कोरोना सम्बन्धि सम्पूर्ण निर्णय गर्ने अधिकार स्थानीय वडालाई दिएको ?
३१ वडाका जनप्रतिनिधि ज्युहरु यदि तपाईहरु यसरी नै गैरजिम्मेवारी पूर्वक घरमा बस्ने हो भने छोडि दिनुस कुर्सी , दिनुस राजिनामा । अध्यक्ष ज्यु तपाईको त उमेर पनि पिण्डो खाने भईसकयो, तपाईं कै स्वास्थ्य ठिक छैन, तपाईलाई नै सारा रोग हरु लागेको छ भने , यस्तो अवस्थामा पनि कति कुर्सिको माया लागेको ? के मर्दा खेरि स्वर्ग या नर्क जादा संगै लाने बिचार छ तपाईं को ?
हामीहरुलाई अरु जिम्मेवार प्रतिनिधिहरु लेराउन मार्ग प्रशस्त गर्नु भयो भने तपाईले तपाईको यो कार्यकालमा गरेको यो मात्र एऊटा राम्रो काम हुनेछ ।