शिव मन्दिरमा वडाध्यक्षको तालाबन्दी

0

रौशन चौधरी,
रौतहट, २४ साउन ।
रौतहटको एक स्थानीय निकायका वडाध्यक्षले निर्माण कार्य सम्पन्न भइसकेको मन्दिरमा ताला लगाएर करिब तीन वर्षदेखि कब्जामा लिएका छन् ।

रौतहटको बौद्धिमाई नगरपालिका वड़ा नं. २ इनर्वास्थित बजारटोलमा रहेको पोखरीको डिलमा निर्माण कार्य सम्पन्न भइसकेको शिव मंदिरमा वर्षौंदेखि ताला लागेको देखिएको छ। हिन्दू धर्म संस्कृति तथा मूल्य मान्यता अनुसार कुनैपनि देवी देवताको मंदिर निर्माण कार्यपछि बिधिवत रूपले पूजापाठ, प्राण प्रतिष्ठान गरेर मात्र देवताको मूर्ति स्थापना गर्ने चलन भएपनि मन्दिरमा भगवान भोलेनाथको मूर्ति राखेर ताला लगाई भगवानलाई कैद गरेको खबर प्राप्त भएको छ।

सोही वड़ाका वड़ाअध्यक्ष रामबाबू प्रसाद कुशवाहाले स्थानीय चुनाव भन्दा पहिलादेखि नै पोखरी आम्दानीको लेखाजोखा तथा मन्दिर निर्माणको कार्यलाई निरन्तरता दिदै बिगतको करीब ४ बर्षदेखि निर्माणाधीन शिवमंदिरको कार्य समपन्न पश्चात पूजापाठ तथा प्राण प्रतिष्ठा नगरी आफू खुशी भगवानको मूर्ति राखि मन्दिरमा ताला लगाएका छन। लाखौको लगानिमा निर्माण भएको शिवमन्दिरमा मूर्ति स्थापना गरेर पूजै पाठ नभए, प्राण प्रतिष्ठा नभए धार्मिक परम्परा अनुसार देवी(देवता रिसाएपछि सम्पूर्ण गाऊनै दैबिप्रकोपमा परी जनधनको क्षति तथा कुनै मानविय क्षति हुन सक्ने सम्भावना हुँदा स्थानियहरु चिन्ता ब्यक्त गरेका छन। मंदिरको अवस्था हेरि त्यसको स्थलगत रिपोर्टिंग गर्न गएको संचारकर्मिहरुको टोलीले शिवमन्दिरको सम्पूर्ण निर्माण कार्य मिति २०७४/ ९/७ गते सम्पन्न भएको कुरा मंदिर मुलगेटको अगाडि लेखिएको तथ्यको आधारमा करीब ३ बर्ष पुग्न लाग्दापनि वडा अध्यक्षलाई प्राण प्रतिष्ठान गर्न शुभ मुहूर्त देखेनन् ।

संचारकर्मीहरुकाे टाेलीले रिपोर्टिंगको क्रममा पुगेर सोध्दा अब छिटै नै प्राण प्रतिष्ठान गर्ने वहाले बताए। वडा अध्यक्ष कुशवाहा आफू धेरै वर्ष पहिलादेखि नै बिभिन्न धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा संलग्न रहेको तथा सर्वसधारणलाई हिन्दू धर्मको पाठ सिकाउने कार्य समेत गरेको भएपनि आफू जनप्रतिनिधि भएर मन्दिरमा ताला लगाई हिन्दू धर्मको धज्जी उडाउदा स्थानियहरुले दुःख व्यक्त गरेका छन । संचारकर्मीहरुले यस विषयमा विस्तृत रुपमा बुझन खोज्दा आफुसंग त्यति धेरै समय नभएको भन्दै संचारकर्मीहरुलाई टार्न खोजेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्