आफूलाई घेरा हालेकाे हल्ला निराधार रहेको प्रअ सुबाेध यादवको दाबी

0

रौशन चौधरी,

रौतहट, २४ साउन। राैतहट जिल्लाकाे फतुहा विजयपुर नगरपालिका वार्ड नम्बर ८ कट्टा टाेल स्थित श्री माँ सरस्वती प्राथमिक विधालयका प्रधानाध्यापक एवम् फतुहा विजयपुर नगरपालिकाका शिक्षा सह-संयाेजक सुबाेद प्रसाद यादव आफु माथि सामाजिक संजालमा लगाएकाे आराेप झुठ्ठा, कपाेल कल्पित र निराधार भएको बताउनु भएको छ ।

राजनीतिक पूर्वाग्रह राखी आफूमाथि यस्तो झुठ्ठा आराेप लगाएकाे उनले बताए । गत साउन २१ गतेकाे दिन विद्यालयकाे प्रांगणमा अभिभावकहरू जम्मा भई आर्थिक हिनामिना गरेकाे आराेप लगाउँदै फाेन मार्फत जानकारी गराउँदा आफु विद्यालयमा गई सर्वसहति मैं नै छलफल गर्दा त्यस दिनकाे बैठककाे भिडियाे बनाई फेसबुकमा राखि प्रधानाध्यापक सुबाेध यादवलाई घेरा हालेकाे र हिसाबकिताब लिईरहेकाे अभिव्यक्ति झुठा रहेकाे बताउनु भयाे ।


 विद्यालय र आर्थिक वर्षकाे सुरू देखि नै हिसाबकिताब पारदर्श्शी रहेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल राय यादवले बताउनु भयाे । आर्थिक वर्षको फर्छयाैटकाे लागि अभिभावकले दिएकाे निवेदमा आफु तयार रहेकाे र काेराेना भाईरस काेविड १९ काे संत्रास र निषेधाज्ञा हट्ने वितिकै हिसाब दिन तयार रहेकाे प्रअ यादवले बताए । यस विषयमा अभिभावक फिदा मह्ममद लगायतका अधिकांश अभिभावक संग साेध्दा प्रअ यादवलाई घेराउ नगरि सहमतिमा नै बैठक बसी हिसाबकिताब माँगेकाे जनाए ।

स्मरणीय हाेस् केही दिन अघि देखि सामाजिक संजाल फेसबुकमा प्रअ सुबाेध यादव विरूद्व अभिभावकहरूले घेराहाली हिसाबकिताब मागेकाे भन्दै भिडियो अपलाेड गरिएको थियाे । त्यस्तै प्र.अ यादवले जुन व्यक्ति म माथि अकल्पनीय भिडियो समाजिक संजालमा राखीएको हुदा त्यो व्यक्तिलाई कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित निकायसँग मांग गर्दछौ :प्र.अ यादवले भनुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्