रौशन चौधरी।
राैतहट, २० साउन । राैतहट जिल्लाकाे बृन्दावन नगरपालिका अन्तर्गत रहेकाे एक प्राथिमक विधालयकाे नयाँ भवनकाे शिलान्यास गरिएको छ । बृन्दावन नगरपालिका वार्ड नम्बर ८ का वडाध्यक्ष दिनानाथ महतो द्वारा शिलान्यास समपन्न भएको हाे ।
बृन्दावनकाेलबहुअरी टाेलमा वडाअध्यक्ष महतोको पहलमा सुर्य प्रा.वि. भवनको शिलान्यास सम्पन्न भएको हाे । जिल्लाको वृन्दावन न.पा.वडा नं.-८ मा धेरैदिनदेखी स्थायीरुपमा संचालनहुँदै आएका विधालय सुर्य प्रा.वि.को हिजो शिलान्यास गरिएको हाे ।
गाउँबाट विधालय टाढा भएको हुनाले स-साना बालबालिकालाई पठनपाठन गर्नकोलागी अावत जावत गर्न कठिनाई भएको कारण,त्यहाका स्थानियले आफ्नै गाउँमा रहेको विधालयलाई पुर्णरुपले संचालनमा ल्याउन र विधालयलाई अगाडिबढाउन पटक पटक गुनासो गरेपछि भवन बन्न लागेकाे हाे ।
बृन्दावन न.पा.को सहयोग र वडाअध्यक्ष दिनानाथ महतोको सक्रियतामा करिब २४ लाखको लागतमा बन्ने सुर्य प्रा.वि.विधालयको स्थायी पक्की भवनको शिलान्यास गरिएको छ । उक्त शिलान्यास कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता रामाज्ञा यादव,वडा अध्यक्ष दिनानाथ महतो ,श्री दलित जनजाती प्रा.वी.बेतौनाका प्रधानाध्यापक सोनालाल यादव,श्री मा.वि.बरगजवा को अध्यक्ष सिकिन्दर यादव ,लक्ष्मी राउत र धेरै स्थानियहरुको उपस्थीति रहेकाे विधालयका प्रअ जयप्रकाश यादवले जानकारी गराउनु भएको हाे ।

वीरगंजका हार्डवेयर व्यवसायी राज सरार्फसहित तीन जना ठगी आरोपमा पक्राउ
मकवानपुर/सूर्य नेपाल प्रा.लि.का कर्मचारीका रूपमा आफूलाई परिचय दिँदै विभिन्न व्यवसायीलाई
















