रौशन चौधरी ।
रौतहट, १६ साउन ।
गर्मी बाट बच्नको लागि गरुडामा रहेको एक अनाथालयलाई पंखा सहयोग गरिएको छ ।
मध्य रौतहटमा रहेको श्री बंशीराम जयसवाल अनाथालय गरुडामा उक्त सहयोग गरिएको हो । वुधवार एक कार्यक्रमकाबीच गरुडा नगरपालिकाका मेयर इनु राय यादव, उपमेयर रंगीला कुमारी जयसवाल, निमित्त कार्यालय प्रमुख मुस्ताक आलमको पहलमा हस्तान्तरण गरिएको हो ।
बंशीराम जयसवाल अनाथलायमा अनाथ बालबालिकाको लागि एस्टैण्ड फैन ४ थान उपलब्ध गराइएको हो । पंखा उपलब्ध गराएकोमा नगरपालिकालाई अनाथालय परिवारले धन्यवाद व्यक्त गरेको हो । भनिन्छ बुंदै बुँदले तलाउ भरिन्छ । यस्तै सानो सानो सहयोग हुदै जाने हो भने अनाथालयमा बस्ने बालबालिकाहरुलाई सहयोग पुग्ने थियो । अनाथालयमा रहेको बालबालिकाकालाई गर्मी याममा समस्या भइरहेको बेला यस्तो सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।