Thursday, April 18, 2024
घरक्राइम चेकविद्युत प्राधिकरणको लापरवाहीले लियो एक महिला सहित दुई पशुको ज्यान

विद्युत प्राधिकरणको लापरवाहीले लियो एक महिला सहित दुई पशुको ज्यान

रौशन चौधरी।
रौतहट, १५ साउन ।
३३ केभी प्रसारण लाइनको तार चुडिएर करेन्ट लाग्दा रौतहटमा एक महिलाको मृत्यु भएको छ ।

करेन्ट लागेर गौर–४ की ७० वर्षीया शान्ति देवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गौर–चन्द्रपुर जोड्ने मुख्य सडक नजिकै उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको तार चुडिएर सडकमा खसेको थियो ।
 
बिहान चिया खान पसलमा गएकी वृद्धा बाटो काट्ने क्रममा करेन्टको चपेटामा परेकी थिइन् । सोही स्थानमा करेन्ट लागेर दुई साँढेको समेत ज्यान गएको छ । स्थानीयवासीका अनुसार उनीहरुले नेपाल विद्युत प्राधिकरणको गौर शाखा र सबगढामा रहेको सब स्टेशनमा समेत फोन गरेर जानकारी दिन खोजेका थिए । पटक–पटक फोन गर्दा पनि दुवै कार्यालयको फोन कसैले नउठाउँदा महिलालाई करेन्ट लागेर ज्यान गएको स्थानीयले बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण ज्यान गएको भन्दै स्थानीयले लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -