२०८२ माघ ९ गते, शुक्रबार १०:०३

प्रहरी चौकी भवनको शिलान्यास

रौशन चौधरी ।
रौतहट, १५ साउन । रौतहट जिल्लाको सुकदेव चौकमा प्रहरी चौकीको नयाँ भवनको सिलान्यास गरिएको छ ।

जिल्लाको यमुनामाइ गाउँपालकिा अन्तर्गत पर्ने उक्त प्रहरी चौकीको भवनको लागि सिलान्यास गरिएको प्रहरी चौकी सुकदेव चौकले जनाएको छ ।

एक कार्यक्रमकाबीच रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काले शिलान्यास गर्नु भएको थियो । हिन्दु परम्परा अनुसार पंडितद्वारा मन्त्रोउच्चारण गराइ शिलान्यास  गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा एसपि रविराज खड्का रहनु भएको थियो भने अध्यक्षता यमुनामाइ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले गर्नु भएको प्रहरी चौकी सुकदेव चौकका इन्चार्ज बबन झाले जानकारी गराउनु भएको हो ।  

एस पी खडकाको पहलमा करिब ९४ लाखको लागतमा निमार्ण हुन लागेको नयाँ भवनको लागि विभिन्न तिन वटा पालिकाहरुले सहयोग गरिरहेका छन् । माधवनारायण नपाले १५ लाख,देवाही गोनाही नपाले १० लाख,परोहा नपाले ५ लाख र बाँकि यमुनामाइ गाउँपालिकाले भवन निमार्णमा लाग्ने खर्च व्यवहोर्ने भएको हो ।

उक्त भवनको केहि व्यक्तीहरुले व्यक्तीगत रुपमा पनि सहयोग गरेका छन् ।  नेपाली काँग्रेस रौतहटका युवा नेता नितिश कुमार गुप्ताले रु २१ हजार नगद दिने घोषणा गर्नु भएको थियो । यस्तै अन्य व्यतीहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

सो अवसरमा यमुनामाइ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया,  माधवनरायण नपाका नगरप्रमुख विरेन्द्र यादव, उपप्रमुख सिमल कुमारी साह, वडाध्यक्ष राजकुमार यादव, नन्दलाल यादव, नेपाली काँग्रेसका नेता नितिश कुमार गुप्ता सहित दर्जनौं व्यतीहरुको सहभागिता रहेको थियो । प्रहरी चौकीको पुरानो भवन जिर्ण बन्दै गएपछि नयाँ भवन निमार्ण हुन लागेको हो । एसपि खड्काको विशेष पहलमा उक्त भवन निमार्ण हुन लागेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM