२०८३ जेष्ठ ७ गते, बिहीबार २३:४५

लागुऔषध मुद्दाका फरार प्रतिवादी रौतहटमा पक्राउ

रौशन चौधरी
रौतहट, १५ साउन ।
लागु औषध मुद्दाका फरार प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

लागु औषध मुद्दामा सम्मानित रौतहट जिल्ला अदालत गौरबाट २ वर्ष कैद र रू.१०००००।– जरिवाना भई फरार रहेका प्रतिवादीलाई इप्रका चन्द्रपुरले पक्राउ गरेको हो ।

जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं.४ बस्ने अरुण दास भन्ने अर्जुन दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वुधवार इप्रका चन्द्रपुर बाट खटिएको प्रहरीटोलीले सोहि गाउँटोलमा फेला पारि पक्राउ गरेको हुँदा निजलाई फैसला कार्यन्वयनका लागि सम्मानित रौतहट जिल्ला अदालत समक्ष पेश गरिएको इप्रका चन्द्रपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM