रौशन चौधरी ।
रौतहट, १३ साउन ।
रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाले ५५० घर धुरिलाई ग्यास सिलिन्डर वितरण गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं. ४ सरुअठामा ग्यास वितरण सुरु गरिएको छ।
धुवाँमुक्त क्षेत्र बनाउने उद्देश्यले रौतहटको अधिकांश स्थानिय तहले ग्याँस र चुल्हो बितरण गरिएको अभियानलाई निरन्तरता दिदै यमुनामाई गाउँपालिकाले पनि आफ्नो गापामा रहेको सबै वडामा ग्यास र चुल्हो बितरण कार्य प्रारम्भ गरेको जनाएको छ ।

वडा नं. ४ को अध्यक्ष आशवनी राय यादव (चेतन)को अध्यक्षतामा आज सरुअठामा ५५० घर धुरिलाई ग्यास चुल्हो बितरण गरिएको हो । बाँकी रहेको घर परिवारलाई पनि चाँडै ग्यस र चुल्हो बितरण गरिने वडाअध्यक्ष आशवनी राय यादवले प्रतिबद्धता गरेका छन् ।
सो समारोहमा यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोजराज एडिको तथा नायव सुब्बा शेष समशाद लगायत गाउँका समाजसेवी, बुद्धिजीवी, संचारकर्मीको उपस्थिति रहेको थियो ।

















