गर्मी छल्ने पंखाले लियो ज्यान

0

वीरगंज ।

पर्सामा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोविनी गाउँपालिका–३ हरिहरपुरका ४० वर्षीय शम्भु पटेल छन् ।

सोमबार राति गर्मीमा राहत पाउन घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिए ।

शवलाई परीक्षणका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्