२०८२ माघ २९ गते, बिहीबार २१:५३

उहिलेको यस्तो जीवनशैली ! छुँदैन थियो कोरोनाले…

– चिरञ्जीवी ढकाल

उहिले,
भकारीभरि धान र काेदाे हुन्थ्याे, बाेराभरी नुन, बारीभरी तरकारी, मुदुसभरि मरमसला हुन्थ्याे !

गाेठमा २ वटा लैनाभैँसी हुन्थे – एउटा वर्षालाई एउटा हिउँदलाई । दूध बाह्रैमास उपलब्ध हुन्थ्याे ।

चिया खान सिकेका थिएनन्, दूध पिउँथे । चिनीकाे टन्टाे थिएन, चियापत्तिकाे टन्टाे थिएन ।

अधिकांश शाकाहारी थिए, मासु खानले वनमा चरेर हुर्केकाे “टेसिलाे” खसी खान्थे । सुइ घाेची घाेची ४ किलाे फुलाएकाे बाेइलर खाने चलन थिएन ।

साग सुकाएर गुन्द्रुक, मूला सुकाएर सिन्की बनाउँथे । कर्कलाे काटेर चुल्ठी बनाएर राख्थे ।
अनिकाल र दुर्भिक्षमा काम लाग्ने यस्ता DRY FOOD हरू घरघरमा हुन्थे ताकि अापतकालमा प्रयाेग गर्न पाइयाेस् ।

बिहान उठ्थे, नुहाउँथे । तुलसीका मठमा गएर माला जप्थे, जल चढाउँथे । शारीरिक शुद्धताकाे ख्याल थियाे ।

वेद पढ्थे । उपनिषद् पढ्थे । नभए भाषिकामै चलिअाएका सुललित पदावली पाठ गर्थे ।
विहान विहानै गरिएको अावृत्तिले ग्रन्थहरू कण्ठस्थ हुन्थे ।

सिलाैटाेमा मसला पिस्दा महिलाहरूका हात दरा हुन्थे, ठेकीमा माेही घार्रघुर्र पार्दा पुरुषहरूका हात दरा हुन्थे ।

बिहान उठेर महिलाहरू घरगाेठकाे काम गर्थे । पुरुषहरू घाँसकाे भारी लिएर अाउँथे । घर र गाेठकाे कामले शरीरलाई कसरत पुग्थ्याे, कसैलाई morning walk गर्ने अावश्यकता थिएन ।

रिफाइन गरेकाे तेल अाएकै थिएन, ग्यास्टिक पनि कसैलाई हुँदैनथ्यो । घिउकाे चाेखिन खान्थे । ५०/५५ किलाकाे धानकाे बाेरा माथि अर्को बाेरा खप्टेर बाेकी हिँड्ने तागत भएका बलियाबाङ्गा मान्छे हुन्थे ।

माेही पारेपछि अागाेमा नाैनी चढाएर घर नै बास्नामय बनाउँथे । घरमा अागाे बाल्ने हुनाले मच्छर, झिङ्गा र चमेरा पस्दैनथे ।

सरसफाइकाे ख्याल गर्थे ।
अहिले झैँ काेठैपिच्छे वासरूम थिएनन् । घरबाहिर टाढा दिसापिसाब गर्थे । दिसा गर्दा कपडा फेरेर गर्नुपर्थ्याे ।

दिसापिसाब गरेका कपडा लगाएर खान नपराेस् भनेर धाेती फेरेर ढिँडाे खान्थे । सके खरानी, नसके माटाेले हात धुन्थे ।

दिसा गरेपछि ११ पटक, पिसाब गरेपछि ७ पटक हात धुने नियम थियाे । खरानीपानीले हात धुन्थे । दिसापिसाब गरेपछि याैनाङ्ग राम्रोसँग धुने चलन थियाे, पानी नभएका ठाउँमा पखाल्न पाइँदैन भनेर दिसापिसाब नै गर्दैनथे ।

खानुअघि बलि वैश्वदेव हुन्थ्याे । पहिलाे गास कागलाई, दाेस्राे गाइलाई, तेस्राे गास कुकुरलाई । घरबाहिर राखिदिएकाे खानामा चराचुरुङ्गी किराफट्याङ्ग्रा रमाउँथे । घर भित्र किराफट्याङ्ग्रा अाउन कम हुन्थ्याे ।

अग्निमा खाना चढाउँथे । खानामा कुनै रसायन या विकृत पदार्थ भए, धुवाँ गन्हाउँथ्याे । अागाे रङ्ग बदलेर बल्थ्याे । अनि खाना खान्थे । खाना खाएपछि माेही पिउँथे । माेहीले पचाउँथ्याे ।

उठ्नेबित्तिकै तामाकाे अङ्खराकाे पानी पिउँथे, यसले दिसा खुलाउँथ्याे । सुत्नुअघि मनताताे दूध पिउँथे, यसले निद्रा लाग्थ्याे ।

टाइट जिन्स लगाउने चलन थिएन । शरीरलाई अाराम दिने खालका कपडा लगाउँथे ।

पितापुर्खाका नाममा चाैतारी चिन्ने पाेखरी बनाउने चलन थियाे । चाैतारीकाे वरपीपल नमासुन्, नकाटुन् भनेर विष्णु भगवानकाे अंश मानेर पूजा गर्थे । रूखले चीसाे हावा दिन्थ्याे ।

पाेखरी बनाएर माैलाे गाड्थे । माैलेले धार्मिक भाव उत्पन्न गर्थ्याे । डाँडामा लगेर पाेखरी बनाएकाले अझै पनि डाँडापाेखरी नामका गाउँहरू यत्रतत्र भेटिन्छन् । पाप लाग्ने डरले पाेखरी फाेहाेर गर्दैनथे । वर्षातकाे पानी पाेखरीमा रिजर्भ हुन्थ्याे । फलस्वरूप कुवा, मूल जस्ता पानीका स्राेत १२ महिनै रसाइरहन्थे ।

प्रकृतिप्रेम अनाैठाे थियाे । प्रकृतिको सम्मान सबैले गरून् भनेर प्रकृतिलाई ईश्वरका अवतारसँग जाेड्थे ।

विष्णुकाे पहिलाे अवतार मत्स्य भनेर माछा लगायत पानीमा बस्ने जलचर प्राणीमाथि प्रेम गरे । दाेस्राे अवतार कूर्म भनेर कछुवा लगायत पानी र जमीन दुवैतिर बस्ने उभयचर प्राणीमाथि सम्मान गरे । तेस्राे अवतार वराह भनेर केबल जमीनमा मात्रै बाँच्ने बँदेल लगायतका स्थलचरमाथि प्रेम गरे । नृसिंह भनेर दुई प्रजातिकाे मिलनबाट पैदा भएका क्रस या खच्चर प्रजातिका प्राणीमाथि सम्मान गरे । हरेक प्राणीलाई कुनै न कुनै देवताकाे वाहन बताएर संरक्षणको अधिकार दिए । याे अवतार सिद्धान्तको बिलकुलै मिल्दोजुल्दो स्वरूपमा पछि चार्ल्स डार्बिनले क्रमिक विकास सिद्धान्तको व्याख्या गरे ।

गाेठ सारेर गाइवस्तु पाल्ने हुनाले जमीन मलिलाे थियाे, विकासे मल हालेर रासायनिक खेती गर्ने चलन थिएन । अन्नपात बिल्कुलै अर्गानिक उब्जिन्थ्याे ।

घरघरमा जडिबुटीका जानकार थिए । बिरामी परेमा प्राकृतिक शैलीकाे उपचार हुन्थ्याे ।

वर्षाैँपछि यदाकदा हुने महामारीले ज्यान गएको बाहेक अरू कसैकाे सामूहिक मरण सुनिदैँनथ्याे ।

खानापान, सरसफाइ, वातावरण, प्रकृतिप्रेम, अध्यात्म अनि स्वस्थ्य जीवनशैलीकाे याे भन्दा अनुपम नमूना के हाेला ?

त्यसैले,
उ बेला न काेराेना थियाे, न इबाेला थियाे, न सार्स थियाे न इन्फ्लुएञ्जा ।

*******
अहिले पनि त्यही पूर्ववत् जीवनशैली बनाउने हाे भने, यी काेराेना जस्ता महामारी राेग व्याधिबाट छुटकारा पाइन्थ्याे कि ?

🌷🌷🌷🌷🌷

मीठो लाग्छ मलाइ ता प्रियकथा प्राचीन संसारको ।
हाम्रो भारतवर्षको उदयको, हैमप्रभासारको ।
जाडामा पनि कोयली कुसुमका वास्नाहरू सम्झिदै ।
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुदै !!

ढकालको फेसबुक वालबाट साभार

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM