Sunday, December 8, 2024
घरक्राइम चेकसशस्त्र प्रहरीद्वारा सीमानाकामा सरसफाइ

सशस्त्र प्रहरीद्वारा सीमानाकामा सरसफाइ

राकेश चौरसिया/
वीरगंज, फागुन ।
सीमा नाकामा हुने गरेका आपराधिक कृयाकलाप तथा चोरी तस्करी र सीमा रक्षाामा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको सशस्त्र प्रहरी बलले प्रजातन्त्र दिवसको अवसर पारेर सरसफाइ गरेको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सियाका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलको अगुवाईमा बुधवार सीमा क्षेत्रमा सरसफाइ गरेको हो ।

बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले दिनु भएको जानकारी अनुसार ७० औं प्रजातन्त्र दिवसको उपलक्षमा सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानीयबासीहरुको सहभागितामा नेपाल भारत सीमा इलाका श्रीसिया नाकामा सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो ।

जसमा ३५ जना भन्दा बढीको सहभागिता रहेको थियो । नमूना सीमा इलाकाको अवधारणा अनुरुप सीमा क्षेत्रको सरसफाइ तथा सीमा क्षेत्रका जनताहरुलाई सुसुचित गराउने प्रयास स्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको सशस्र प्रनि पौडेलले बताउनु भयो ।

यसका साथ साथै भोली ९ गते देखि तीन दिन सम्म नोभल कोरोना भाईरसको बारेमा जानकारी गराउने उद्देश्यले नोभल कोरोना भाईरस सम्बन्धी जनतेतना कार्यक्रम संचालन गरिने उहाँले बताउनु भयो ।
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -