२०८२ मंसिर १९ गते, शुक्रबार २३:५६

प्रचण्ड-अस्मिता भेटघाट प्रसँगः हल्ला र वास्तविकता यस्तो

-सन्तोष मिश्र

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकी महासचिव अस्मिता भण्डारीले पूर्व आतंककारी प्रचण्डलाई विमानस्थलको प्रतीक्षालयमा आकसमिक भेट हुँदैगर्दाको फोटोलाई अतिरंजित तरिकाले प्रचारवाजी गरिंदै छ ।
 

गत विहीबार दमककालागि विराटनगर क्रममा प्लेन ढिलाई भएकोले काठमाण्डौ एयर पोर्टमा झण्डै दुई घण्टा बस्नु परेको र सोही क्रममा नेकपाका नेता प्रचण्ड पनि काठमाण्डौ बाहिर जान लाग्दा विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय की महासचिव अस्मिता भण्डारीले प्रचण्डसँग भेट गरिन । दुबै फरक धारका भएपनि अस्मिताले आफू एउटा संचारकर्मीको हैसियतले प्रचण्डलाई भेटेर सामान्य कुराकानी गरेको र जसको सूत्राधार अर्थात साक्षी प्रदेश १ का सांसद लिला बल्लभ अधिकारी समेत रहेको भनेर अस्मिता भण्डारीले स्पष्ट रुपमा आफ्नो फेसबुक वालमा राख्नु भएको थियो ।

यसमा स्वनामधन्य विद्वान व्यक्तिहरुले अस्मिता भण्डारीको चरित्रप्रति औंला उठाएर नानाथरिका तल्लो र अपमानजनक शब्द समेत प्रयोग गरी टिप्पणी गरेको देख्दा ती टिप्पणीकारहरुप्रति दया जागेर आयो ।
 
भण्डारी एउटा संचारकर्मी समेत भएको नाताले साधुदेखि आतंककारी, इमान्दारदेखि बेइमान सबैलाई भेट्न पाउनु पर्छ र यो उनको स्वतन्त्रता पनि हो ।
 
विश्व हिन्दू महासंघको पदाधिकारीको नाताले नै भएपनि यदी फरक धार, फरक विचार र फरक धर्मावलम्बीलाई भेटिन भन्दा पनि यसमा कुनै आपत्ती जनाइहल्नुपर्ने आवक्यता म देख्दिन । बाटो विराएकाहरुलाई सही बाटोमा ल्याउन प्रयत्न स्वरुप पनि फरक धारका व्यक्तिहरुलाई बारम्बार भेटिरहनु् पर्छ । विश्व हिन्दू महासंघका वर्तमान अध्यक्षको निधन भइसकेको अवस्थामा विश्व हिन्दू महासंघको नेतृत्वको हैसियतले पनि भण्डारीले नेपाल भारत तथा देश विदेशका विभिन्न धारका व्यक्ति समूहलगायतलाई भेटेर देशको वर्तमान अवस्था, हिन्दूत्व इत्यादीको बारेमा चर्चा, छलफल, वहस चलाएर बाटो विराएकाहरुलाई मूल धारमा फर्काउन प्रयास गर्नु हुन्छ भने यसलाई सकारात्मक रुपमा नै लिनु पर्दछ न कि हिन्दू विरोधी तत्वहरुको बहकाउ र षड्यन्त्रमा परी अतिरञ्जित तरिकाले प्रचारवाजीमा खेर फाल्नु पर्छ ।
 
अस्मिता भण्डारीले यो तस्वीर स्वयंले सार्वजनिक गरेकी हुन् न कि कुनै गोप्य सूत्रबाट । यदी भण्डारीको मनमा कुनै गलत मनशाय वा उद्देश्य भएको भए यो फोटो सार्वजनिक गर्न उनलाई के आवश्यकता थियो र ? विचार गरौं त…!
 
हामीले यो पनि बुझ्नु पर्छ कि कानुन मिच्ने अपराधी वा चोरलाई पनि कानुनी दायरामा ल्याउन प्रहरीले भेट्नै पर्छ । गोप्य अनुसन्धान र कुराकानी गर्नै पर्दछ । प्रहरीले चोरलाई भेट्यो भन्दैमा प्रहरी पनि चोर नै हो वा उसँग पनि मिलेको छ भनेर बुझ्नु हाम्रो मुर्खता सिवाय अरु केही हुन सक्दैन ।
 
 
कुनै पनि अभियान, मिसन वार्ता भेटघाट र छलफलबिना लक्ष्य प्राप्ति भएको विश्व इतिहास कतै छ भने राख्नु होला ।
 
महासचिव अस्मिता भण्डारीले प्रचण्ड, ओली, उपेन्द्र यादव लगायतका नेतालाई भेटेर अपराध गरेकी हुन् भने तपाईंहरु जसले एउटा फोटोको भरमा अनेक लान्छना गर्दै हुनुहुन्छ के त्यो न्याय हो ? के तपाईंहरुले टिप्पणीमा प्रयोग गर्नु भएको शब्द र शैली न्याय संगत र विवेक संगत छ ? एउटी अस्मिताले बिगारेकै हुन् भने तपाईंहरुले साधु महात्मा, असल व्यक्तिलाई मात्र भेटेर हालसम्म के लछारपाटो लगाउनु भयो ? व्यक्तिगत डाहा, इर्ष्या, रिस र क्षणिक आवेगमा आएर विवेक नगुमाए सबैको भलो हुन्थ्यो कि विद्वान मित्रहरु ?
 
हतारमा अर्काको चरित्र हत्या गरेर आफू योग्य, दक्ष र असल सावित गर्न खोज्नु भन्दा आफ्नो गतिविधि, कृयाकलाप इत्यादिमाथि पनि स्वनिगरानी गर्न सके पो तपाईंहरुको विद्वता देखिन्थ्यो ।
 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM