विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकी महासचिव अस्मिता भण्डारीले पूर्व आतंककारी प्रचण्डलाई विमानस्थलको प्रतीक्षालयमा आकसमिक भेट हुँदैगर्दाको फोटोलाई अतिरंजित तरिकाले प्रचारवाजी गरिंदै छ ।
गत विहीबार दमककालागि विराटनगर क्रममा प्लेन ढिलाई भएकोले काठमाण्डौ एयर पोर्टमा झण्डै दुई घण्टा बस्नु परेको र सोही क्रममा नेकपाका नेता प्रचण्ड पनि काठमाण्डौ बाहिर जान लाग्दा विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय की महासचिव अस्मिता भण्डारीले प्रचण्डसँग भेट गरिन । दुबै फरक धारका भएपनि अस्मिताले आफू एउटा संचारकर्मीको हैसियतले प्रचण्डलाई भेटेर सामान्य कुराकानी गरेको र जसको सूत्राधार अर्थात साक्षी प्रदेश १ का सांसद लिला बल्लभ अधिकारी समेत रहेको भनेर अस्मिता भण्डारीले स्पष्ट रुपमा आफ्नो फेसबुक वालमा राख्नु भएको थियो ।