चन्द्रसूर्य समाचारदाता/
जनकपुरधाम, २१ माघ/
जनकपुर भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी एक लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल भारत सीमा बजारबाट घरायसी सामान ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीसँग घुस लिदाँ लिँदै उनलाई पक्राउ गरेको हो ।
जनकपुर उपमहानगरपालिका ८ पिडारी चोकबाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।















