Saturday, December 7, 2024
घरविचारसार्वजनिक चासोआठ सय बच्चा जन्माएर प्रजाति बचाउने कामुक कछुवा

आठ सय बच्चा जन्माएर प्रजाति बचाउने कामुक कछुवा

काठमाडौं

डीएगो एउटा विशाल कछुवा हो। यसको कामुकताका कारण गालापागोस टापुबाट लोप हुन अवस्थामा पुगेको एउटा प्रजातिको कछुवा बचेको छ ।

सन् १९६० को दशकमा कछुवाको संख्या बढाउन बनाइएको योजनामा डीएगोलाई पनि सामेल गराइएको थियो । डिएगाले ८ सय बच्चा जन्माउन सहयोग गर्‍यो र यो प्रजाति नै बच्न सफल भयो ।

अब सो डिएगोले वर्षौपछि सन्तान उत्पादन कार्यबाट विश्राम लिने भएको छ । पछिल्ला २० करोड वर्षमा जलवायु परिवर्तनका हरेक समयमा कछुवाले आफ्नो अस्तित्व बचाउँदै आएको छ ।

डिएगो अहिले १ सय वर्ष पुग्यो र उ अहिले ८ सय सन्ताको बाबु हो । करिब लुप्त अवस्थामा पुग्न लागेको यो प्रजातिको कछुवामा डिएगो आएपनि पोथीहरुलाई मोहित पार्न थाल्यो र यसका प्रजातिको संख्यामा पनि उल्लेखनीय वृद्धि हुन थाल्यो ।

गालापागास टापुको स्यान्टा क्रुसमा बच्चा जन्माउनका लागि रोजिएका १४ भालेमध्ये डिएगो एक हो । यो योजनाबाट २ हजारभन्दा बढी ठूला ठूला कछुवा हुर्किएका छन् ।

५० वर्षअघि एस्प्यानोलामा जम्मा २ वटा भाले र १२ वटा पोथी कछुवा मात्र थिए । अहिले १ हजार ८ सय कछुवा छन् । तिमध्ये ४० प्रतिशत डिएगोका सन्तान भएको विश्वास गरिन्छ ।

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -