चितवनको भरतपुर -३ मा अवस्थित मुनलाईट बोडिङ्गले आज शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संचालन भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्घाटन एवं अध्यक्षता विद्यालयको प्राचार्य बिकास श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रममा राजु पराजुलीले सहजिकरण गर्नुभएको थियो भने स्मारिका पगेनीले उहाँलाई साथ दिनु भएको थियो ।
कक्षा नर्सरीदेखि कक्षा यु के जि सम्मका बालवालिकाहरुका अभिभावकसँग बालवालिकाको शैक्षिक , मनोवैज्ञानिक, सामाजिक र वातावरणीय पक्षमाथि अन्तरक्रिया गरी उनीहरुका यी सबै पक्षमा शिक्षक र अभिभावक मिली सुधार गर्नु पर्ने कुरामा जोड दिइएको थियो ।विद्यालयको शैक्षिक प्रगतिलाई शुभकामना दिँदै उत्कृष्ट विद्यालयका रुपमा विकास गर्न शिक्षक तथा अभिभावकले आफूले देन दिने कुरामा जोड दिएको थियो । अन्तरक्रिया कार्यक्रममा १०० भन्दा बढी अभिभावकहरुको सहभागिता रहेको थियो ।आफ्ना बाबुनानीहरुलाई असल संस्कार सिकाई पढाइ प्रती उत्प्रेरित गर्न प्रत्येक बर्ष अभिभावकहरुका लागि यस किसिमका अन्तरक्रिया कार्यक्रम संचालन गर्ने गरेको विद्यालयका सह प्राचार्य महेश्वर झाले जानकारी दिनुभयो।