प्रविधिमैत्री शिक्षक समाजमा भूपति बस्यालको नेतृत्व

0

चन्द्रसूर्य समाचारदाता/
बिराटनगर, २९ पुस ।
बिराटनगरमा सञ्चालित प्रविधिमैत्री शिक्षक समाजको २ दिने साधरणसभाले भूपति बस्याल अध्यक्ष रहने गरी नयाँ नेतृत्व चयन गरेको छ ।

पाैष २७ र २८ गते ईस्टन स्टार होटेलको सभाकक्षमा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको थियो उक्त अवसरमा मन्त्री घिमिरेले आगामी १० वर्ष भित्र प्रदेश नं १ का सम्पूर्ण विद्यालयलाई पेपरलेस बनाई डिजिटल युक्त बनाउने घोषणा गर्नु भएको थियो ।

पहिलो दिन डिजिटल सामग्री प्रस्तुत गरिएको थियो भने दोस्रो दिन संस्थाको विधान परिमार्जन लगायत केन्द्रिय नेतृत्व चयन गरेर कार्यक्रमको समापन गरिएको थियो ।

उक्त सभाले प्रविधिमैत्री शिक्षक समाजका नवगठित कार्यसमितिः
भूपति बस्याल अध्यक्ष, देवी प्रसाद शर्मा  महासचिव म्याग्दी, श्री हिमाकुमारी थापा उपाध्यक्ष (महिला ) पर्वत, श्री चन्द्रकला दवाडी उपाध्यक्ष कैलाली, हरिहर दाहाल सचिव सिन्धुपालचोक, छविलाल धमला कोषाध्यक्ष मोरङ्ग, लक्ष्मीनारायण शाह सह कोषाध्यक्ष जनकपुर, माधव भट्टराई सदस्य इलाम, कुमार प्रसाद सापकोटा सदस्य बर्दिया, सिर्जना खनाल सदस्य तनहुँ, हर्क बहादुर बोहरा सदस्य कैलाली,  भक्तिप्रसाद उपाध्याय सदस्य दैलेख, राधा विष्ट सदस्य कैलाली,  अम्बिका कंडेल सदस्य रुपन्देही, तेजेन्द्र प्रसाद भुसाल सदस्य चितवन,  एशु पौडेल सदस्य धनकुटा,  स्थिरबाबु सुवेदी सदस्य कास्की, सुशीला ढकाल सदस्य काठमाडौ, पुनम यादव सदस्य धनुषा,  विरेन्द्र कुमार यादव सदस्य सप्तरी, टेकम कुमारी शर्मा सदस्य सल्यान ।

नव निर्वाचित सम्पूर्ण पदाधिकारीलाई मुनलाइट बोर्डिङ स्कूल भरतपुर-३, चितवनका सह प्राचार्य महेश्वर झाले हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्