राकेश चौरसिया/
वीरगंज, २७ पुस ।
सशस्त्र प्रहरीले वीरगंजबाट प्रतिबन्धित औषधि बरामद गरेको छ ।
पुस २१ गते सोमबार राती करिब ९ः३० को समयमा वीरगंज-१ छपकैयास्थित सिर्सिया नाकामा सशत्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सयाका सशस्त्र प्रहरी हवल्दार कुमार तामाङको नेतृत्वमा खटिएको सुरक्षा गस्ती टोलीले चेकजाँच गर्ने क्रममा टोलीलाई देखि सामान छोडी फरार भएको हुँदा उक्त सामान चेक जाँच गर्ने क्रममा प्रतिबन्धित औषधि 2 ml. का डाइजोल्याब ४०० पिस र 2 ml. को नर्फिन १८२ पिस बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले जानकारी गराउनु भयो ।
बरामद गरिएका ती प्रतिबन्धित औषधिलाई आवश्यक कारवाहीकालागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरी पौडेलले बताउनु भयो ।