चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २७ पौष/ राष्ट्रवादी सर्वसाधारण नेपालीहरू राष्ट्रिय एकता दिवस एवमं पृथ्वी जयन्ती मनाउन एकजुट भएपछि गणतान्त्रिक व्यवस्थाको वर्तमान सरकार एक्लिएको छ ।
२९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बेवास्ता गरेपनि सरकारलाई चुनौती दिंदै देशभर भव्य रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाएका छन् ।
राजधानी काठमाण्डौ लगायत देशका विभिन्न भागमा विभिन्न राष्ट्रवादी संघ संगठन तथा व्यक्तिहरुले संयुक्त रुपमा तथा एक आपसमा सहकार्य गरि भव्य रुपमा मनाएका हुन् भने कतिपयले आ–आफ्नै संगठनको ब्यानरमा मनाएका खबरहरू जानकारीमा आएका छन् ।
यसै क्रममा राष्ट्रिय शक्ति नेपालको पहलमा नेपाली काँग्रेस (बि.पि.), विश्व हिन्दू महासंघ, राष्ट्रिय सरोकार मंच नेपाल, बहादुर शाह प्रतिष्ठान तथा नेपाल कम्युनिष्ट समानान्तर लगायतका विभिन्न संघसंगठनले राजधानी काठमाण्डौमा संयुक्त रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् ।
शान्तिबाटिकामा भेला भई संयुक्त राष्ट्रवादी संगठनका प्रतिनिधिहरू अस्मिता भण्डारी, अभिनाथ योगी, बिकी जंग राणा, केशर बहादुर विष्ट, श्याम केसी, डा. हरिबोल भट्टराई, लगायतले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहले राष्ट्र एकीकरणमा पुर्याउनु भएका योगदान र बलिदानीबारे चर्चा गरेका थिए ।
वक्ताहरुले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको कदर नगर्ने वर्तमान सरकार र व्यवस्थाका संचालकहरू नेपाल र नेपालीका साझा शत्रु भएको बताएका थिए थिए ।
कोणसभा पश्चात चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा, पृथ्वी नारायण शाहको तस्वीर अंकित ब्यानर, हिन्दू ॐ ब्यानर, पृथ्वी नारायण शाहका दिव्योपदेश अंकित प्ले कार्ड बोकेर हजारौंको संख्यका सहभागीहरूले संयुक्त रुपमा निस्केको र्याली पृथ्वी नारायण शाह अमर रहुन, राष्ट्रिय एकता जिन्दावाद, संघीयता चाहिंदैन देश टुक्र्याउन पाईंदैन, आर्यघाट के भन्छ गणतन्त्र ले भन्छ, देश बेचूवा नेता मुर्दाबाद, राजसंस्था जिन्दावाद जस्ता नारा लगाउँदै सिंहदरबारस्थित पृथ्वी नारायण शाहको शालिकमा पुगेर राष्ट्रनिर्माताको शालिकको परिक्रमा गर्दै पुष्प गुच्छा, माल्यार्पण तथा श्रद्धासुमन गर्न राष्ट्रवादी संघसंगठनका पदाधिकारी एवं देशभक्त स्वतन्त्र नागरिकहरूले तछाड मछाड गरिरहेका थिए ।
त्यसैगरी शिव सेना नेपालले पृथ्वी नारायण शाहको शालिकमा १०८ किलोका माल्यार्पण गरेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाएका थिए । शिवसेनाको तर्फबाट चिरण वीर प्रताप खड्का, सुजाता श्रेष्ठ, गुड्डी शर्मा, गीता लिम्बु, कुमार घिमिरे, बिक्रम पाण्डे, इश्वरी ढकाल, राजेश हटुवाल, सुनिल वैश्य, प्रवीण यादव, रवी केसीलगायतको सहभागिता रहेको थियो ।
त्यस्तै राष्ट्रिय सरोकार मंचका तर्फबाट रघुराज राजभण्डारी, सुशील सिंह (बाबा) सुजन पराजुलीलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा दीर्घराज प्रसाई, शोभा श्रेष्ठ, स्वर्ण विक्रम सिंह, मानव सेवक, सुदर्शन खड्का, मनोज सापकोटा, सागर न्यौपानेलगायत विभिन्न संघसंगठनमा आवद्ध एवं स्वतन्त्र नागरिकहरुको भव्य उपस्थिति रहेको थियो ।
उता पर्साबाट हाम्रा सहकर्मी राकेश चौरसियाले दिनु भएको जानकारी अनुसार पर्साका वीरगंजमा पनि विभिन्न राष्ट्रवादी संघसंगठनले एकसाथ पृथ्वी जयन्ती मनाएका छन् ।
राष्ट्रवादी शान्ति समुह, राष्ट्रिय नागरिक संघर्ष समिति, राष्ट्रिय सरोकार मंच लगायतले संयुक्त रुपमा यो दिवस भव्य रुपले मनाएका थिए ।
जिल्ला प्रहरी कार्यालयस्थित लाल बंगला अगाडीबाट निस्केको बाजागाजा र राष्ट्रिय झण्डासहित सहभागी भएकाहरूले संयुक्त रुपमा र्याली निकाल्दै नगर परिक्रमा गरेका थिए, नगर परिक्रमाको क्रममा विभिन्न राष्ट्र भक्तिपूर्ण गीत तथा नारा घन्काउँदै घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सो कोणसभामा राष्ट्रिय सरोकार मंचका केन्द्रिय अध्यक्ष एवं कर्मनिष्ठ अभियन्ता सोम विक्रम सिंह, राष्ट्रवादी नागरिक संघर्ष समितिका अध्यक्ष अब्दुल सतार अंसारी लगायतका वक्ताहरूले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहले देश निर्माणमा पुर्याउनु भएको योगदानहरूबारे चर्चा गरेका थिए ।
त्यस्तै नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद, देशभक्त राजभक्त समुह लगायतका संघसंगठले पनि पर्साको वीरगंजमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती भव्यताका साथ मनाएका छन् ।
त्यसैगरी बिराटनगरबाट स्वयम्भुनाथ कार्कीले दिनु भएको जानकारी अनुसार राष्ट्रवादी युवा समुह, विद्वत परिषदले छुट्टछुट्टै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाए पनि समय फरक पारेर सबैले दुवैको कार्यक्रममा भाग लिएर ऐक्यवद्धता जनाएका थिए । भने साझा पार्टीले पनि बिराटनगरमा यो दिवस मनाएको समाचार जानकारीमा आएको छ ।
उता धनगढीमा पनि राष्ट्रिय सरोकार मंचको अगुवाईमा विभिन्न संघ संगठनले सो दिवस मनाएको बताइन्छ । पृथ्वी जयन्ती मनाउने कार्यक्रममा धनगढीमा पेनाल्टी सुटआउटमा भाग लिएका फसटबल टिम बिच प्रतिस्पर्धा शुरूवात भयो । भोलि २५८ औं पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको दिन धनगढीमा प्रभात फेरि र पेनाल्टी सुटआउटको फाईनल गेम हुनेछ । सो विशेष दिनमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता बारे जसले उत्कृष्ट वाककला प्रस्तुत गर्छ , उक्त सहभागीले बिशेष पुरस्कारको पनि व्यबस्था छ । यश विशेष कार्यक्रम राष्ट्रिय सरोकार मञ्च नेपालका ( डव्बु ) रवीन्द्र कार्कीको संयोजकता र केन्द्रीय उपाध्यक्ष शित्तल प्रताप सिंहको बिशेष अतिथीको रूपमा उपस्थिति हुनेछ ।
त्यसैगरी पोखरा, कैलाली , दमौली, बारा , सिरहा , रौतहट लगायतका देशैभर पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । तनहुँको दमौलीमा राष्ट्रिय सरोकार मञ्च नेपालको तनहुँ जिल्लाका संयोजक उज्वल भट्टराईको संयोजकत्वमा पंचे बाजा सहित नगर परिक्रमा गरेको थियो ।
त्यसैगरी राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाल पुलिस क्लवमा चियापान कार्यक्रमको आयोजना गरेको थियो । त्यसअघि पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि माल्यार्पणमा सहभागी बनेका थिए।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीजयन्तीको अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।
त्यस्तै तनहुँबाट प्राप्त खबर अनुसार २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय सरोकार मन्च नेपाल तनहुँको आयोजना दमौली बजार परिक्रमा गरिएको छ । कार्यक्रमको संयोजक उज्वल भट्टराई रहेका थिए । युवाहरुको उल्लेख सहभागीता उक्त कार्यक्रम भएको थियो ।तनहुँको दमौलीमा राष्ट्रिय सरोकार मञ्च नेपालको तनहुँ जिल्लाका संयोजक उज्वल भट्टराईको संयोजकत्वमा पंचे बाजा सहित नगर परिक्रमा गरेको थियो ।