पृथ्वी जयन्तीमा राजा ज्ञानेन्द्रको सन्देश, “सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन”

0

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २६ पौष/

राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसंध्यामा अपदस्थ राजा ज्ञानेन्द्र वीर विक्रम शाहले एक सन्देश जारी गर्दै, सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन भन्ने गहिरो आशय प्रकट गरेका छन् ।

पूर्वराजा शाहको सन्देशम भनिएको छ, “नेपाल राष्ट्रका जनक, नेपाल निर्माता तथा नेपाली एकताका प्रतीक श्री ५ बड़ा महाराजाधिराज पृथ्वी नारायण शाहको २९८औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभ अवसरमा मौसूफप्रति श्रद्धास्मरण गर्दै हामी समस्त नेपाली दाजु भाई तथा दीदी बहिनीहरूमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्दछौं ।

हाम्रा पूर्खाको गौरवले जोडिएको, जगेर्ना गरिएको हिमाल, पहाड़ र तराई मिलेर बनेको हाम्रो यो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनु पर्दछ । देशको सबै भूभागको रक्षा तथा समग्र नेपालीको समृद्धिको लागि गहकिलो प्रयास हुनै पर्दछ ।

राष्ट्रनिर्माता श्री ५ बड़ामहाराजाधिराजका दिव्य उपदेशहरू आधुनिक नेपाल अधिराज्य निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेका छन् ।

जनतमा के छ र के भैरहेको छ सबैमा स्पष्ट नै छ । राष्ट्रनिर्माताहरुको बीर गाथाहरू बारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानकको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवम मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनु हुँदैन भनेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्