बीरगंज २६ पुस ।
हिन्दू परिषद नेपाल जिल्ला कमिटि पर्साको आज बैठक होटल रानीपोखरीमा सम्पन भएको छ।
बैठकले माघ १८ गते बीरगंज घण्टाघरमा खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ।
जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा सम्पन बैठकमा वरिष्ठ उपाध्यक्ष छबिलाल उप्रेती, उपाध्यक्ष बीरेन्द्र गुप्ता, राधेश्याम सरार्फ, महासचिव सुधीर मिश्रा, सचिव अंशु कुमार, कोषाध्यक्ष पपु सिंह, सह-कोषाध्यक्ष दीपक पटेल, वरिष्ठ सल्लहकार चन्द्र नारायण सिंह रिजाल, जिल्ला सदस्य मुकेश पटेल, बीरेन्द्र चौहान, अमोद कुमार केवट, रोहित गुप्ता, कनैया पटेल लगायतको उपस्थिति रहेको थियो।
साथै संगठन बिस्तार कार्य लाई निरन्तरता दिदै धार्मिक र सामाजिक कार्य लाई शहर देखी गाऊँ सम्म निरन्तरता दिने बैठकले निर्णय गरेको अध्यक्ष पटेलले बताए।