अभिमनु पटेल
रौतहट, २४ पौष ।
श्री लक्ष्मी मोटर्स वीरगंज प्रा.लि.का संचालक अरुण प्रसाद कुशवाहाले भारतीय टेम्पू रोक्नुपर्ने आदेशको रौतहट प्रसाशन अपहेलना गरेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा पत्रकार सम्मलेन आयोजना गरेर कुशवाहाले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजको आदेश विपरीत रौतहटका प्रसाशनले भारतीय नम्बरको टेम्पूको सञ्चालन गराउँदै आएको आरोप लगाए ।
जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला भन्सार कार्यालय, गौर नगरपालिका कार्यालयलाई विपक्षी बनाएर दायर गरेको निशेषधाज्ञा मुद्दामा सम्मानित उच्च अदालतले यातायात व्यवस्था ऐन २०४९ बमोजिम विदेशी नम्बर प्लेटका टेम्पुुहरुलाई व्यावसायिक रुपमा रोक लगाउनु पर्ने व्यवस्था गरेको आर्थिक ऐन २०७६ को अनुसूची १ को दफा १२ को उपदफा कह बमोजिम बाहेकको अवस्थामा नेपाल सरहद गौरमा सञ्चालन गर्न, रात्रि पार्किंग गर्न गराउन नदिनको लागि अन्तरिम आदेश जारी गरेको अवस्थामा पनि गौरमा व्यापक रुपमा भारतीय टेम्पुहरु सञ्चालनमा रहेको देखिएको छ ।
उच्च अदालतको अन्तरिम आदेशको पलना नगरेकोले पुनः अदालतको अपहेलना मुद्दा दायर गरेको कुशवाहाले बताए । भारतीय नम्बरको टेम्पू सञ्चालन गराउने कार्यमा आर्थिक लाभ लिई रहेको ट्रैफिक प्रहरीको भूमिका रहेको आरोप लगाएका छन । टेम्पो ई रिक्सा संघ गौरका अध्यक्ष लालबाबु पटेलले केहि व्यक्ति प्रति टेम्पु ४० देखि ५० रुपैयाका दरले रकम असुलेर ट्राफिक प्रहरीलाइ महिनवारी दिने गरेको दावी गरेका छन ।