Thursday, January 16, 2025
घरसमाचारराजनीतिपृथ्वी जयन्ती मनाउने राष्ट्रिय सरोकार मंचको तयारी

पृथ्वी जयन्ती मनाउने राष्ट्रिय सरोकार मंचको तयारी

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, १९ पुस/ हिन्दू अधिराज्य पुनर्स्थापना गराउन विगत लामो समयदेखि संघर्ष गर्दै आएको राष्ट्रिय सरोकार मंचले पुस २७ गते धुमधामका साथ पृथ्वीजयन्ती मनाउने तयारी गरेको छ ।

बाँसबारीस्थित विश्वहिन्दू महासंघको प्राङ्गनमा बसेको मंचको केन्द्रिय कार्य समितिको बैठकले सो निर्णय गरेको मंचका केन्द्रिय अध्यक्ष एवं कर्मनिष्ठ अभियन्ता सोम विक्रम सिंहले जानकारी गराउनु भयो ।

अध्यक्ष सिंहले वर्तमान व्यवस्था र यसका संचालक नेपाल र नेपालीको हितकालागि नभई विदेशीकोलागि भएकोले राष्ट्रनिर्माता श्री ५ बडा महाराज पृथ्वी नारायण शाहको योगदानलाई अवमूल्यन गर्नु स्वभाविक भएपनि वास्तविक नेपालीले राष्ट्रनिर्माताका योगदान, बलिदान, त्याग र तपस्यालाई सधैंभरी स्मरण गरिरहने बताए । अध्यक्ष सिंहले राष्ट्र निर्माताको जन्मजयन्ती मनाउन सम्पूर्ण देशभक्ता नेपालीहरु एकआपसमा सहकार्य गर्दै वर्तमान सरकारलाई राष्ट्रनिर्माता पृथ्वी नारायण शाह र राष्ट्रिय एकता दिवसको महत्वबोध गराउन लागेकाले राष्ट्रिय सरोकार मंच पनि संस्थागत रुपमै राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती र राष्ट्रिय एकता दिवस मनाउने निर्ण गरेको बताउनु भयो ।

त्यसैगरी सो बैठकले संगठन विस्तार पनि गरेको थियो ।  बैठकले धार्मिक तथा सांस्कृतिक समितिमा आचार्य सुजन पराजुली एवं प्रचार प्रसार समितिमा सन्तोष मिश्रलाई सर्वसम्मतले संयोजनको जिम्मा दिइएको थियो ।

कार्यक्रममा रविसिंह बस्नेत, रघुराजराज भण्डारी, मिनराज गुरुङ, म. जाहिर शाह, सोम विक्रम सिंह, सुशील सिंह, विक्की तिमिल्सिना, सुदर्शन खड्का, दिपेन्द्र शाही, ठक्कर देउवा, शितल प्रताप सिंह, प्रेम लामा, सुरेन्द्र श्रेष्ठ, कपिलमान श्रेष्ठ, मोहन विक्रम थापालगायतको उपस्थिति रहेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -