२०८३ बैशाख २६ गते, शनिबार २३:३२

जय देशभक्त पार्टीले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने

क्राइमचेक प्रतिनिधि/
काठमाण्डौ, १६ पु्स ।
जय देशभक्त पार्टीले आगामी पुस २७ गतेका दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रिय समितिको बुधबार बसेको बैठकले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्मान र सम्झनामा चितवनको रत्ननगर टाँडीमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउने निर्णय गरिएको पार्टीका केन्द्रिय अध्यक्ष डा. लोकचन्द्र अधिकारीले जानकारी दिनु भयो ।

जय देशभक्त पार्टीका केन्द्रिय अध्यक्ष डा‍. अधिकारीले राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको योगदान वर्तमान शासन व्यवस्था र सरकारले बिर्सिए पनि कुनै पनि सच्चा नेपालीले बिर्सिन नसक्ने बताउनु हुँदै आफ्नो पार्टीले राष्ट्र निर्माताले दिनु भएको एकताको सन्देशलाई आत्मसात गर्दै चितवनको रत्ननगर टाँडीमा पृथ्वी जयन्ती मनाउने निर्णय गरिएको बताउनु भयो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष गजेन्द्र बहादुर अर्याल, उपाध्यक्ष डि‍.बी‍.अधिकारी, महासचिव कान्त बहादुर पौडेल, सचिव इश्वर प्रसाद सेढाई, कोषाध्यक्ष राम प्रसाद न्यौपाने, केन्द्रिय सदस्यहरु प्रतिमा शर्मा, रिया श्रेष्ठ, भगवती थापा लगायतको सहभागितामा सम्पन्न बैठकले पार्टीको विधान, झण्डा, संगठन विस्तार र आगामी कार्य योजनाबारे छलफल गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM