चन्द्रसूर्य समाचारदाता
काठमाण्डौ, १४ पुस।
विश्व हिन्दू महासंघले राष्ट्रनिर्माता श्री ५ बड़ामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीमा पौष २७ गते सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ ।
राष्ट्रनिर्माता, राष्ट्र एकीकरणकर्ता तथा हिन्दुको अधिराज्यका संस्थापक एवमं आधुनिक नेपालका निर्माता बड़ा महाराजाधिराजको योगदानको अवमूल्यन गर्न नमिल्ने हुँदा पुस २७ लाई राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको रुपमा मनाउन महासंघले माग गरेको हो ।
संघका केन्द्रिय महासचिव अस्मिता भण्डारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गर्नु भएको हो ।
महासचिव भण्डारीले २७ गते सार्वजनिक विदा का साथै हुलाक टिकटमा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको चित्र अंकित गर्न पनि सरकारसमक्ष विज्ञप्तिमार्फत माग राखेको बताउनु भयो ।
महासचिव भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्ति जस्ताको त्यस्तै…
प्रेस बिज्ञप्ति !!
१. बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहकाे जन्मदिन पाैष २७ गते राष्ट्रिय बिदा घाेषणा गरियोस् ।
२.हुलाक टिकटमा बडामहाराजाधिराज श्री५ पृथ्वीनारायण शाहकाे तस्बिर अंकित गरि प्रकाशित गरियोस् ।
आधुनिक नेपाल अधिराज्यका निर्माता बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहकाे २९८अाै जन्म जयन्ती भव्यताकम साथ सु- सम्पन्न गर्नका लागि मिति २०७६ पाैष १३ गते बसेकाे महासंघको बैठकबाट निर्णय भए अनुसार ” नेपाल एकिकरणकाे दूर दर्शिता हाल मुलुकमा अाएकाे चुनाैती र हाम्रो भूमिका ” बिषयक प्रवचन गाेष्ठि पाैष २३ गते प्रज्ञा प्रतिष्ठानमा अायाेजना गर्ने निर्णय गरिएको छ।
बाइसे चाैबिसे विभिन्न खण्डमा बिभाजित देशलाई अथक मेनत र साहशबाट एकीकरण गरि बक्सि अखण्ड ,स्वाभिमान र अभिभाज्य नेपाल अधिराज्यकाे एेतिहासिक एकीकरण गरि बक्सेकाे यथार्थलाई हामी कसैले पनि भुल्नु हुदैन ।
तसर्थ पाैष २७ गते अाधुनिक नेपाल अधिराज्यका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहकाे जन्म जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा हर्षाेल्लासका साथ सम्पूर्ण नेपालीले मनाउन पाउनु पर्छ । राष्ट्र निर्माताकाे सम्मानमा साे दिनलाई राष्ट्रिय बिदा घाेषणा गरिनु पर्दछ । साथै राष्ट्र निर्मातालाई राष्ट्रिय बिभूतीका रुपमा पहिचान गरि हुलाक टिकटमा बडामहाराजाधिराज श्री५ पृथ्वीनारायण शाहकाे तस्बिर अंकित गरि प्रकाशित गरियोस् भनी नेपाल सरकार समक्ष माग गर्दछौं ।
अस्मिता भण्डारी
महासचिव – विश्व हिन्दु महासंघ