Friday, April 19, 2024
घरसमाचारसशस्त्र प्रहरीको सक्रियताले काठ तस्कर तनावमा

सशस्त्र प्रहरीको सक्रियताले काठ तस्कर तनावमा

राकेश चौरसिया ।
वीरगंज, २६ मंसिर ।
वन-जंगल मासेर बहुमूल्य काठहरू चोरी/पैठारी गर्न सक्रिय गिरोहमाथि सोलखपुरमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको टोलीले निगरानी बढाएपछि यतिखेर काठ तस्करहरू ठूलो तनावमा परेका ख़बरहरु जनकारीमा आएको छ ।

तस्करहरुले सांगठनिक रूपमैं बारा र पर्साका जंगलबाट बहुमूल्य रुख काटेर तस्करी गर्ने गरेको खबर पाएपछि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलवाको टोलीले चेकजाँच र गस्तिमा कडाई गरे लगतै ८५ हजार मूल्य बराबरको काठ तस्करीको क्रममा नियन्त्रण लिइएको समाचार जानकारीमा आएको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षक कमलेश राज पूरीको नेतृत्वमा खटेको गस्ती टोलीले पछिल्लो पल्ट ना.२त नम्बरको ट्रेक्टरमा लोड गरेर अवैध रुपमा लैजान लागेको ३० क्वी. फिट काठ पर्साको पटेल चोकबाट नियन्त्रणमा लिएको छ ।

सो क्रममा काठ तस्करीमा संलग्न वीरगंज-२७ कुवडीका २० वर्षीय प्रदीप कुमार पासवान र वर्ष ५५ का रोशन रायभरलाई पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
बरामद गरिएको काठ र ट्रैक्टर आवश्यक कार्यवाहीको लागि इलाका वन कार्यालय सवैयामा बुझिएको छ भने पक्राउ व्यक्तिहरूलाई डिभिजन वन कार्यालय पर्साको जिम्मा लगाईएको प्राप्त समाचारमा उल्लेख छ ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -