Sunday, July 21, 2024
घरविचारधर्म संस्कृतिविज्ञानसँग जवाफ नभएका प्रश्नहरु

विज्ञानसँग जवाफ नभएका प्रश्नहरु

– डा. मनोज मुक्ति
विज्ञानले मान्छेकालागि रगत किन बनाउन सकेन ? सुत्र त छन् तर विज्ञानमा रगत छैन । त्यस्तै रोबर्ट त बनायो तर प्राण छैन ।  किन ?  यस्ता धेरै प्रश्न छन् जस्को उत्तर विज्ञानसँग छैन । विज्ञानले तर्क गर्छ/दिन्छ तर तर्कले भावना बुझ्नै सकिँदैन । तर्क दिमागको उपज मात्र हो ।

हिन्दु धर्मको विभिन्न विशेषतालाई संशोधन गरेर विभिन्न धर्मको प्रमुख बिशेषता बनाइयो तर हिन्दु धर्मलाई सखाप पार्न विभिन्न मिसनको तहत प्रचलित संस्कारलाई प्रथाको संज्ञा दिइयो । जस्तो पशु बलि र दहेज अर्थात दाइजो । यी दुबै विशेषतालाई प्रथा भनियो । प्रथा अन्धविश्वास हो, अज्ञानता हो ।

दाइजो प्रथा हैन, चलन हो । तर केही स्वार्थी, अति लोभि र अज्ञानी व्यक्तिहरुले दाइजोको नाममा अति घृणित, असामाजिक, अनैतिक र गैरकानुनी कार्य गर्न/गराउन सुरु गरे । फलस्वरूप विभिन्न सरकारी/ गैरसरकारी संघ संस्थाले दाइजोको विरुद्ध आवाज उठाउन थाले । हिन्दु धर्म बिरोधी पनि मौकाको खोजीमा थिए । र दाइजो प्रथा भयो । गैरकानुनी पनि भयो ।

तर दाइजो आफैंमा खराब या कुरिती हैन । तर्कले जन्मेको कुतर्कको मिश्रणले खराब भयो । स्वार्थले खराब भयो । र आशीर्वादलाई अभिशाप बनाइयो ।

त्यस्तै बलि पनि प्रथा हैन । तर केही हिन्दु धर्म बिरोधि मिशनका अगुवाहरुले बलि जस्तो पवित्र, स्वच्छ, र निर्मल धार्मिक कार्यलाई तर्क र डलरको बलमा प्रथा साबित गर्न कमर कसेका छन् । नेपालको नेम-फेम भएका मिडियाहरु पनि अछुत रहन सकेका छैनन् । बलिलाई हिंसाको रुपमा बर्णन, ब्याख्या र बिश्लेषण गर्ने अधर्मी क्रियाकलाप शुरु भएको छ । जस्को उद्देश्य बलिलाई गैरकानुनी बनाइ हिन्दु धर्मको जरै देखि बिनाश गर्नु हो । हिन्दु धर्मलाई सखाप गरि गैर हिन्दुज्म वर्चश्व कायम गर्नु हो ।

“हिन्दु धर्ममा हिंसाको कुनै स्थान छैन” जस्ता भागवत गीताको मूल मंत्रलाई दुरुपयोग गरि गैर हिन्दुज्मका अगुवाहरुले पशु बलिलाई हिंसा भनेर आम हिन्दुको मनमा स्थान बनाउने अभियान सुरु गरेको छ ताकी हिन्दुबाटै पशुबलिको बिरोध होस् र मिसनमा टेवा पुगोस् । तर वास्तविक हिन्दुहरु डलरको बद्लामा आफ्नो आत्मा बेचन तयार छैनन् ।

वास्तवमा हिन्दु धर्ममा हिंसाको कुनै स्थान छैन । हिंसालाई प्रोत्साहन गर्दैन । तर तर्कवादीहरुले कुतर्क दिदैं पशु बलिलाई हिंसा ठानेका छन् । पैसा र डलरको भरमा संसारमा हिंसा फैलाउने हिंसक, परजीवीलाई पशु बलि हिंसा लाग्नु अस्वभाविक हैन । तर हिन्दु अहिंसक नै रहि हिंसकहरुको मुख बन्द गरौं । आफ्नो बिरासत र इतिहासको रक्षा गरौं ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -