Sunday, July 21, 2024
घरविचारराजावादीको आवरणमा यस्तो हर्कत ?

राजावादीको आवरणमा यस्तो हर्कत ?

सीता माताले सिउँदोमा रातो सिन्दुर लगाएको देखेर एकचोटी हनुमानले सोधे, “माते हजुरले सिउँदोमा रातो किन लगाउनु भएको ?”

हनुमानको प्रश्न सुनेर सीता माताले भन्नु भयो, “रातो लगाएपछि भगवान (श्रीराम) खुशी हुन्छन् ।”

हनुमानले सोंचे, ” माताले एक चिम्टी मात्र लगाउँदा भगवान श्री राम यत्ति धेरै खुशी हुनुहुन्छ भने झन मैले धेरै लगाउँदा कति खुशी हुनुहोला ?”

यो सोंचेर हनुमानले आफ्नो पुरै जिउभरी रातो दले । हनुमानले आफ्नो शरीरमा रातो दले पनि भगवानका सीता, भरत, लक्षमण लगायत अन्य भक्तहरूलाई कहिल्यै होच्याएनन्, आफू मात्र वास्तविक भक्त र अरु केहि न केहि भनेर कहिल्यै दाबी गरेनन्, जसले गर्दा श्री हनुमान यो सृष्टि रहूँजेल ईश्वरको पूजिने वरदान पाए ।

अब कुरा नेपालको..!

अहिले कतिपयले राजा-रानी-युवराजको चित्र अंकित टैटू खोपेर आफुलाई असली राजभक्त देखाउन तल्लीन छन् । यो राम्रो पक्ष हो । तर आफू राजभक्त भएको दाबी गर्नेहरूले अरुको अस्तित्व नस्वीकार्ने, राजा रानी/युवराजको तस्वीर अंकित टैटू खोपेर, राष्ट्रवादका नाममा अनेकौं नामधारी जत्था खोल्ने, राजारानको चित्र अंकित टीशर्ट लगाउने र उग्र एवं चर्का भाषण गर्ने गर्छन् ।

संयोगवस तिनिहरुको भेटघाट राजारानी, युवराज/युवाराज्ञी वा राजपरिवारका सदस्यसँग भेट भइ खिचाईएको फोटोलाई ठगी खाने भाँडोको रुपमा प्रयोग गर्ने गरेका अर्थात देश विदेश बस्नेहरूसँग चन्दा माग्ने लगायतका कार्य गरिरहेका जानकारीहरू विभिन्न माध्यमबाट आइरहेका छन् ।

स्वयं राजसंस्थाले सम्पूर्ण नेपालीलाई देशको सम्पत्ति ठान्दै आएको गौरवपूर्ण इतिहासलाई लत्याएर नेपाली नेपालीमा बिभाजन ल्याउने, यस्ता नामधारी संगठन र त्यसका पदाधिकारीहरू कसरी असली राजभक्त हुन सक्छन् ?

स्वयम् राजा र राजपरिवारका सदस्यमा हुने अनुशासन, शिष्टता, स्वच्छ आचरण राजसंस्था समर्थकहरूले नमानेर राजसंस्थाको हितमा हो कि अहितमा केमा काम गर्दैछन् ? बेलैमा विचार गर्न जरूरी छ ।

– सन्तोष मिश्र
स्वतन्त्र नागरिक, स्वस्थ आलोचक
मिश्रको फेसबुकबाट

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -