Thursday, July 25, 2024
घरसमाचारश्रीपुरका युवाद्वारा आश्रममा खाद्य समाग्री वितण

श्रीपुरका युवाद्वारा आश्रममा खाद्य समाग्री वितण

दिपेन्द्र गिरी / 
वीरगंज,१२ कार्तिक ।
वीरगंज महानगरपालिका वाड नं–११ श्रीपुरका स्थानिय युवा तथा बालबालीकाहरुले मानव सेवा आश्रममा खाद्य समाग्री वितण गरेका छन् । मानव सेवा आश्रम वीरगंज शाखामा आज एक कार्यक्रको आयोजना गरी खाद्य समाग्री वितण भएको कार्यालय प्रमुख देबेश गुप्ताले बताउनुभयो ।

श्रीपुरका स्थानिय युवा तथा बालबालीकाहरुले आश्रममा चामल, भुजा, चाउचाउ लगायत अन्य समाग्रीहरु वितण गरेको कार्यालय प्रमुख गुप्ताले बताए । श्रीपुर निवासी पवन मण्डलको नेतृत्वमा गएको १२ जना युवा तथा बालबालीको समुहले खाद्य समाग्री वितण गरेका छन् । आश्रममा खाद्य समाग्री वितण कार्यक्रमा स्थानिय युवा तथा बालबालीकाहरु अन्जनि, साहिल, विवेक, उदय, आदित्य, संजित, राहुल, मुना, कुलदिप, शिवरतन, सौर्ब, अभिसेक रहेका थिए । दिपावलीको तेस्रो दिन देउसी भैलो खेलेर उठाएको पैँसाले मानव सेवा आश्रममा खाद्य समाग्री वितण गरेको नेतृत्वकर्ता पवन मण्डलले बताउनुभयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -