महेन्द्र राजाले हटाइसकेको छुवाछूत प्रथा राज्यबाटै बिउँतिने खतरा

0

-मनिराज सत्याल

जाँदा जाँदै ,

ब्राह्मण श्रीमानको तिहार को टीका कार्तिक १२ गते !नेवार्नी श्रीमतीको किजा पुजा १३ गते दुई दिन छुट्टी ,, ,,,!
तर जनैपूणिर्मा एक्कैदिन दुबै जनालाई बिदा छैन ,,???
महेन्द्र राजाले हटाइसकेको छुवाछूत प्रथा बिउँतिने खतरा ,,,

पृथ्वीनारायण शाहले नेपाल लाई चार वर्ण छत्तीस जातको फुलबारी भनेका थिए !आफू माली थिए !तर सबै फुललाई माया गर्थे तब न सबै फुलको बास्ना पनि पाउँथे !
आज सिमित अबधि को लागी मात्र माली नियुक्ति भएको छ !
उसलाई जुन फुलको बास्ना मन पर्छ त्यही फुलमा मात्रै पानी हाल्छ !गोडमेल त कहाँ हो कहाँ ,तब न बनमाराले ढाक्यो फुलबारी ,,,,,,

यदि स्थायी माली भएको भए आफ्नो साँध सिमाना कान्ला कान्ली कुलो कुलेसो सबै हेरबिचार गर्न कर लाग्थ्यो !तर आजका आवधिक मालिलाई आफ्नो कार्यकाल मात्रै प्यारो !किनकि आवधिक माली संरक्षक हुनसक्दैन !कसैले नियुक्ति गरिदिएको माली ले आफुलाई मनपर्ने फुलको बास्ना मौकामा लिने हो !स्याहार सुसार उसको इच्छा मा भर पर्छ !जिम्मेवार हुनुपर्दैन !

शक्ति को दुरुपयोग र गूठी शक्ति कै डरले भाइटिका को बिदा दुई दिन,,,,

अब प्रश्न आउँछ बालगोपाल मन्दिर कुनदिन खोल्ने बाजे ,,,१२ गते ? कि १३ गते पासा,,???
भोलि एउटा ले उचालेर नवमी दुई दिन परेको क्यालेन्डर निकालिदेला,,,तलेजु मन्दिर कुनदिन खोल्ने ,,,???

अस्ति संबैधानिक राजतन्त्र हुँदा सनातन नै सत्य हो सत्य नै सनातन थियो ! समभाव थियो !धार्मिक सहिष्णुता थियो ,तर हिजो ६२/६३ को धर्म निरपेक्ष र समानता को भाषण ले आज असमान चाड पर्व , तमु ल्होसार ग्याल्मु ल्होसार ,दुई थरी इद अनेकौं गल्फत्ती र प्रश्न चिन्ह मात्रै निम्त्याएको छ !

यसरी वैमनस्यता बढ्दै गएको खण्डमा भोलि धर्म निरपेक्ष लाई भित्र्याउने युरोपेली/अमेरिकी मुलुक ले नेपाल अब समानता चाहान्छ भने सबै जनता लाई मान्य हुने एउटै धर्मप्रति आस्था राख्नु पर्छ भन्नेछ !अफ्रिकी मुलुकमा जस्तै ,,, के हामी तयार छौँ ? यसको छनक अस्ति भर्खरै को अमेरिकी प्रतिबेदन नेपाल बिसयमा आइसकेको छ !

यदि कसैको घर बिगार्नु छ भने उसको पुजा कोठा भत्काउनु भनेजस्तै हाम्रो नेपाल मा आज यही भैरहेको छ ! त्यसैले हामी समयमै सचेत हुनु जरुरी छ कि ,,,हाम्रो संस्कार संस्कृति परम्परा रितिरिवाज आफ्नै किसिमको विश्व मै अलग छ ! उच्च छ ! हामी यसलाई किन बिगार्न खोजिरहेका छौँ ?

बर्ष भरिका विभिन्न चाडपर्व ले नै हामीलाई एक हुन मद्दत गरेको थियो !एक थियौं भने ,आज किन अलगअलग हुनखोज्दै छौं ???

हामीलाई बिगारेकै यही धर्म निरपेक्ष ले हो !निरीह महामहिम पद्धति ले हो ! म्ह्य पुजा एकदिन हुन्छ भने भाइ टीका पनि एकदिन हुन्छ भन्न सक्नुपर्छ महामहिमले ,,!अडान लिएर नमान्ने लाई सम्झाउन सक्नुपर्छ अठार करोड को बुलेट प्रुफ गाडी चढ्ने ले ,,,,हामी संस्कृति का धनी ,संस्कार र सभ्यता का धनी थियौं !आज भागबन्डा ले हरेक क्षेत्र मा ब्यक्ति धनी ,, तिनजनाको संस्था धनी ,तर तीन करोड नेपाली गरिब भैरहेका छौं होईन र ,,??? के हामी धनी भएको भए कोहि अरब कोहि अमेरिका कोहि अस्ट्रेलिया को लाइनमा लाग्नु पर्थ्यो र,,,???

मन्दिर नै मन्दिर को देश हाम्रो ,तेत्तीस कोटि देवता का धनी हामी ,,,आज किन मन्दिर मै कतै ताला लाग्ने कतै डोजर लाग्ने ,,यहाँ सम्म कि आर्यघाटमा समेत मुर्दा लाई नै मुर्दाबाद भन्न थालिसकेका छौं !के यो वाद र बादी भित्र्याउने माक्र्सवादि र लेनिनवादिको मन्त्र ले होईन ,,,??? खोइ मोदी ले गायत्री मन्त्र पढेर पशुपति नाथ को दर्शन गरेर ,हिजोका धोती जोगिका नामले चिनिने मोदी आज सेलेब्रेटी भए !हामी चाहिँ पास्टर्ड र बास्टर्ड मा परिणत भैरहेका छौं !
समयमै मनन गर्नुपर्ने कुरा यो हो कि हामी तीन करोड नेपाली लाई जोड्ने एउटै बलियो सुत्र भनेको शाह बंशिय राजसंस्था नै हो !जसले वैदिक सनातनी तेत्तीस कोटि देवी देवता सहित बुद्ध ,जैन मुस्लिम ,इसाई सबैलाई आआफ्नो थान्कोमा बस्नुपर्ने परिस्थिति को सृजना गर्नसक्छ र सबै धर्मावलम्बीलाई आजसम्म यो संस्था को सर्त पनि सर्वमान्य छ !
सबैलाई चेतना भया !

श्री पशुपति नाथ ले हामी सबैको कल्याण गरुन् !

यम-पंचक बिक्रम संवत् २०७६ को मंगल मय: शुभकामना !

सत्यालको फेसबुक वालबाट साभार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्