लायन्स क्लब अफ वीरगंज जय गहवा माइद्वारा घाइतेलाई उपचार खर्च सहयोग

0

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ६ कार्तिक/
सड़क दुर्घटनामा घाइते एक युवालाई लायन्स क्लब अफ वीरगंज जय गहवामाईले अस्पतालमैं गएर आर्थिक सहयोग गरेको छ ।

बड़ा दशैंको नवमीका दिन वीरगंज स्थित रेलवे रोडमा मोटरसाइकल दुर्घटनामा परी उनको खुट्टा भाँच्चिएको थियो । वीरगंजमा उपचार सम्भव नदेखिएपछि थप उपचारको लागि काठमाण्डौ रेफर गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका घाइते रामको उपचारको लागि लायन्स क्लबले काठमाण्डौमैं पुगेर सहयोग गरेको हो ।

लायन्स क्लब अफ वीरगंज जय गहवामाईका रितेश गुप्ताको अगुवाईमा लायन्स मेम्बरहरूबाट संकलन गरिएको १५ हजार रुपैयाँ काठमाण्डौ स्थित वीर हॉस्पिटलमैं पुगेर घाइतेलाई प्रदान गरिएको लायन्स क्लव ३२५ बी २ का एडभाइजर उमेश साह कानुले बताउनु भयो ।

वीर हॉस्पिटलको ४१९ नम्बर बेडमा भर्ना भएका घाइते रामको अवस्था अहिले क्रमिक सुधार हुँदै गएपनि औषधि उपचारमा थप सहयोगको आवश्यकता रहेको बताइन्छ । लायन्स क्लब अफ वीरगंज, जय गहवा माईका अध्यक्ष नीला रामले घाइतेको उपचारमा सहयोग गर्न अन्य लायन्स क्लबहरूलाई पनि आग्रह गर्नु भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्