Sunday, July 21, 2024
घरसमाचारमहरालाई थप पाँच दिन हिरासतमा राख्न आदेश

महरालाई थप पाँच दिन हिरासतमा राख्न आदेश

काठमाण्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

आइतबार काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले कात्तिक २ गतेदेखि लागू हुनेगरी पाँच दिन थप थुनामा राख्ने आदेश दिएको हो ।

संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिनुभएका महरामाथि अनुसन्धान भैरहेको छ ।

यसअघि अनुसन्धान गर्न दिइएको १३ दिनको म्याद सकिएपछि अदालतले फेरि अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको म्याद थप गरिदिएको हो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -