Saturday, July 27, 2024
घरसमाचारसांसद साह साधारण तारेखमा रिहा

सांसद साह साधारण तारेखमा रिहा

कार्तिक, १ जनकपुरधाम ।
जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले आज सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

राजपाका महासचिव तथा प्रवक्ता केशव झाले सांसद साहलाई अदालतले साधारण तारेखमा रिहा गरेको जानकारी दिएका छन् । विमान उडानमा ढिलाइ भएको भन्दै गत सोमवार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा सांसद साह मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ पछि उनलाई प्रहरीले धनुषा लगेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -