२०८२ माघ २६ गते, सोमबार १२:०१

१९ किलो चाँदीसहित एक पक्राउ, सशस्त्रद्वारा सार्वजनिक

वीरगन्ज,०१ कार्तिक ।
बाराको सिम्रौनगढ नाकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । भारतसँग सीमा जोडिएको सिम्रौनगढ नगरपालिका वाड नं.–६ सतुवाही नाकाबाट सशस्त्र प्रहरीले १९ किलो १ सय ग्राम चाँदीसहित बाराको साविकको बारागढी गाउँपालिका वाड नं.– ६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको हो । गोप्य सुराकीको आधारमा गोलागन्जमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टबाट खटिएको प्रहरीको टोलीले साहलाई शुक्रबार बिहान ८ बजे १९ किलो एक सय ग्राम चाँदी सहित नियन्त्रणमा लिएको हो ।

भारतबाट बीआर ०६ एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक मल्लले जानकारी दिए । बरामद चाँदीको बजार मुल्य १४ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेको चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM