के युवराज पारस साधारण पारस शाह भएर बाँच्न नपाउने ?

0
– स्वर्ण बिक्रम शाह
मलाई अचम्म लाग्छ, जब युवराज पारस दरवारबाट बाहिर निस्कन्छन किन यस्तो हल्लाको आँधि नै आउँछ । उहाँ मन्दिर गयो मिडियामा हलचल, उहाँ आफ्नो आमालाई पुराउन एयरपोर्ट गयो त्याहा अर्को प्रपोगाण्डा । बहिनिहरु र छोरा छोरीहरु संग घुम्न गयो अर्को तहल्का । अब यो मोटरसाईकल काण्ड ? के भयो त युवराजले आफ्नो जनता, आफ्नो फ्यानलाई मोटरबाईकमा घुमाए ? उनले अरुलाई पनि सो मोटरसाईकलमा घुमाएका छन । त्यो मध्य म पनि त्यो एक ब्यक्ति हु । मलाई पनि जमल देखि थापाथली सम्म लिफ्ट दिई बक्सदा त हल्ला भएन भने आज किन यो हल्ला ? मैले पनि कयौं ब्यक्तिलाई दिनहु जस्तो लिफ्ट दिन्छु, खै मेरो बारेमा त कहिले कसैले लेखेनन् । कि युवराज पारसले आफ्नो मोटरसाईकलमा अरुलाई लिफ्ट दिन नै नहुने हो कि ? उनले हाम्रा नेता भनाउदाहरु जस्तो आफ्नै कार्यलयमा काम गर्नेलाई बलत्कार त गरेका होईनन् नि। नेता भनाउदाहरु पनि त खुल्लमखुल्ला अनेक केटिहरु घुमाई रहेका हुन्छन, त्यसमा त मिडिया चुप छ, कुनै आपत्ति छैन । नेताका छोराहरु कोहि श्रीमती फेर्दै हिड्ने त कोहि गलफ्रेण्ड फेर्दै हिड्दा मिडिया चुप छन्, चु सम्म पनि गर्न सकेका छैनन तर पारस शाहलाई मात्र किन यति धेरै बन्देज पत्रकारको ?
युवराजले आज एउटा साधारण जीवन बिताई बक्सेको छ । म राजा हुन्न र हुने मन पनि छैन भनेर आफ्नो हक अधिकार सम्पूर्ण त्यागी एऊटा साधारण नेपाली भएर बस्दा पनि किन उहाँ माथि बारमबार नचाहिने कुराहरुलको चक्रबिहुले घेरि रहन्छ पत्रकार महोदय ज्युहरु ? उहाँ बाहेक यो देशमा अरु कोहि ब्यक्ति छैन ? आज उहाँ साधारण ब्यक्ति हुदा पनि उहाको हरेक आचरणमा कमेन्ट किन गरिन्छ ? नाता नभएको ब्यक्तिलाई मोटरबाईकमा घुमाउने युवराज मात्र हुन ? नेता र उनका आफन्तका कुरा लुकाउने युवराजबाट एऊटा साधारण जीवन बिताउछु भन्नेको खेदो खन्ने ? के उहाँले बाच्न पनि नपाउने ? यदि बाच्नै नपाउने हो भने उहाँलाई सिधै मारिदेओ न , सरकार तिमिहरुकै छ, किन हरेक पाइलामा, हरेक दिन र हरेक पल पलमा युवराज पारसलाई मार्दै छौ, आफ्नो कटु बचनले ? के उहाँ मान्छे होईनन् ? उहाँको पनि सोच्न सक्ने दिमाग छ, अरुले नचाहिदा आक्ष्यप लगाउदा दुख मान्ने मन छ, उहाँको मजबुरी कस्ले बुझ्ने ? उहाँको पीडा कस्ले महसुस गर्ने ?
यो पारस शाहको जीवन हो , उसलाई पनि बाँकि सर्बसाधारण जत्तिनै स्वतन्त्रता छ, उसलाई पनि आफ्नै मर्जिले नेपालको सम्बिधान भित्र बाच्ने अधिकार छ, उसलाई पनि स्वतन्त्रता देउ, उसलाई पनि बाच्ने अधिकार देऊ । के नेपालको सम्बिधानमा अरुलाई आफ्नो मोटरसाईकलमा लिफ्ट दिन नपाउने भनेर लेखेको छ ? या पारस शाहलाई मात्र छुट्टै नियम कानुन बनाएको छ ? यदि त्यस्तो हो भने पारस शाहले के के गर्न पाउने , के के गर्न नपाउने सर्बोच्च अदालतले जानकारी दिन पर्यो ।
मलाई अर्को अचम्म त अहिले सम्म पारस शाहले के गरे , किन उनलाई बदनाम बनाईदै छ ? उनलाई ज्यानमारा भनिन्छ किनभने उनले प्रदिप गुरुङ्गलाई गाडिले हानेर मारे रे , के दुर्घटना मानिसबाट हुने होईन ? उनी पनि मानिस हुन दुर्घटना भयो । यदि उनले चाहेको भए अरु ईज्जतदार र सज्जन मानिस जस्तै रु १७५०० त्यो बेलाको कानुन अनुसार तिरेर चुप लागेर बस्थे तर उनि परे बिग्रेको बदमास मानिस, उनले अरु सज्जन मानिसहरु जस्तो चुप लागेर बस्न सकेनन्, प्रदिप गुरुङ्ग ( प्रदिप दाइ मेरो छिमेकि, साथि ) को परिबार नै डेरामा बस्थे, परिवारलाई घर किनिदिए, बच्चाहरुलाई जति सम्म पढ्छन पढाइ दिए, उनका श्रीमतीलाई जागिर खुवाई दिए । आज प्रदिप गुरुङ्गको बच्चाहरु दुबै जना उच्च पदमा छन्, उनिहरुको जीवन स्तर उच्च छ । तिनै प्रदिप गुरुङ्गका परिवारले पारस शाहलाई भगवान मान्छन् । तर किन मिडिया र राजसंस्था बिरोधिहरुका लागि अझै पनि उहाँ ज्यानमारा ? किनभने यिनिहरुलाई राजसंस्थाको बदनाम गरेर देशमा राज गर्नु जो थियो । त्यसैले युवराज पारस जसको मनमा पाप छैन, जसलाई जनताहरुको माया छ उसैलाई बारम्बार बदनाम किन गरिन्छ ?
१०-१२ बर्ष अगाडि आर बि कम्पेक्सको मालिकको छोराले रक्शिमा धुत्त भएर वीर अस्पताल अगाडि मध्य रातमा पेटिमा सुतिरहेका ८ जना ब्यक्तिलाई आफ्नो गाडिले किचेर मारिदिए, ६ जना घटनास्थलमा र २ जना उपचारको क्रममा मृतु भयो । कानुनी कारभाई भयो , ती सज्जनले मारेका ब्यक्तिले के पाए ? ती सज्जन ब्यक्ति पनि कानुन अनुसार हर्जाना तिरेर निक्ले र यहिले आराम संग पारिवारीक जीवन बिताउदै छन । त्यो धनी बाउको छोरालाई यो समेत थाहा भएन कि उस्ले रक्सिको मातमा मारेका ती ८ ब्यक्तिको नाम के हो र अाज कुन स्थितिमा उनिहरुका सन्तान बाँचि रहेका छन । यो कुरा आज न कुनै मिडियालाई वा न कुनै ब्यक्तिलाई समेत थाहा छ ती मर्ने ८ ब्यक्तिको नाम र मार्ने ती आर बि कम्पेक्सका घर मलिकको छोराको नाम । अरुको त कुरै छोडीदिउ म आफै स्तम्भकार तथा पत्रकार भएर मलाई पनि थाहा छैन त्यो सज्जन ब्यक्तिको नाम जो मध्य रातमा बाबुको सम्पति र रक्सिको मातमा धुत् भएर ८ जना निर्दोष ब्यक्तिको ज्यान लिए । तर पारस शाहको हरेक नकारात्मक क्रियाकलाप याद राखियो, नोटबुकमा लेखेर होस् या कम्प्युटरमा सेभ गरिएर होस, किनकि यिनीहरुले नोटको गड्डि पाएका छन यसलाई समय समयमा उछाल्न ।
के यस्तो पनि पत्रकारिता हुन्छ ? यस्ता पतित नैतिकता र बिकाऊ कलमबाट लेखिएको समाचार जब समाजमा आउँछ यसले कस्तो भयङ्कर असर गर्दछ ? यो कसैले सोचेको छ ? यश प्रश्नको जबाफ हो युवराज पारस शाह । पारस शाहको बिरुध्दमा लेख्नेहरुले कहिले सतहमा गएर पारस शाहको जीवनका बारेमा कहिले बुझेका छन् ? पारस शाहको बारेमा रिसर्च गरेका छन् ? कतिको उहाँले ज्यान बचाउनु भएको छ, कत्तिको घर आज पनि पारस शाह कै उपकारबाट चलेको छ, कत्तिको सास आज सम्म चल्नमा उहाँको दया छ । यी सब कुरा त स्यलको टाउकोबाट सिङ्ग हराए जस्तो भएको छ । यश बारे त मिडियामा कहिले पनि कुरा भएन त, भयो त केवल उहाँको नकारात्मक ब्यबहारलाई बडाई चौडाई, एऊटा सुई बराबरको सानो गल्ति, अझ म त त्यसलाई भुल भन्छु, त्यस्ता भुललाई पाहाड बनाएर जनता सामु लेराउने र उहाँको चरित्र हत्या गर्ने । नकारातमक लेख्न सक्ने कलममा उसको सकारात्मक कामको बयान गर्न सक्ने शक्ति हुनु पर्दछ । बल्ल त्यो कलमको मान हुन्छ । हरेक सिक्काको दुई वटा पाटो हुन्छ र सहि पत्रकार त्यहि हो जसले दुबै पाटो लेख्ने हिम्मत गर्दछ । यदि कुनै पनि र जस्तो सुकै सत्य लेख्न यदि हात काम्छ भने त्यस्ताले पत्रकारीता के गर्छ ? पैशामा बिकाउ हातले लेखेको हरेक शब्दले कलमको बेईज्जत गर्छ । यस्ता कलमको सम्मान जोगाऊन नसक्ने लोभि नपुंशक पत्रकारले अब कलम छोडनु पर्छ, नत्र अब यस्ता पत्रकारको अस्थित्व मेटिन समय लाग्दैन किनभने आजका जनतामा अलिकति भए पनि सहि र झुट छुट्याउन सक्ने बिबेक छ र अब त्यस्ता पत्रकारलाई बहिष्कार गर्न जनताले थाली सके जसको उदाहरण हो यहि पारस शाहको बारेमा लेखिएको नकारात्मक लेखमा ९०% जनताले पत्रकारलाई गाली गरेको । कलम र तरवार यस्तो बस्तु हुन जसले राष्ट्रको मान सम्मान र गौरव ज‍ोगाउन पनि सक्छ र मेटाउन पनि सक्छ । तरवारको दुरुपयोग गर्नेलाई त सजाय दिन कानुन छ तर कलमको दुरुपयोग गर्नेलाई छाडा छाडिएको छ । कलम पनि तरवार जस्तै अझ आजको युगमा त कलम भनेको तरवार भन्दा निकै खतरनाक हतियार बनेको छ । त्यसैले अब देशको कानुनमा कलमको दुरपयोग गर्नेलाई झन कडा सजाय दिने कानुन बनाउनु पर्छ । पत्रकार भनेको न कसैको साथि हुन्छ न कसैको दुश्मन । एउटा सच्चा पत्रकारले निसपक्ष रुपमा लेख्न सक्नु पर्छ । पत्रकारले त्यहि लेख्ने हो जो सत्य हुन्छ ।  सत्यताको धरातलमा एऊटा पत्रकार बस्न सक्नु पर्छ । पत्रकारले सत्यतालाई गहिराईमा गई त्यसबाट के सत्य हो र के असत्य हो प्रमाण सहित छुट्याएर मात्र लेख्न पर्छ तर नेपालको अहिलेको समयमा त पत्रकार त केवल होहल्ला फैलाउने माध्यम बनेको छ । यो भन्दा लज्जास्पद कुरा अरु के होला र ? समाचार आउँछ रे र प्रश्न चिन्हको भारी बोकेर । के यस्तो पनि समाचार हुन्छ ?
भनिन्छ हाम्रो देशमा लोकतन्त्र छ र लोकतन्त्रमा प्रेस स्वतन्त्रता बलियो हुन्छ किनकि यो देशको चौथौं अंग हो । तर यहाँ सोही प्रेस स्वतन्त्रतालाई कयौंले आफ्नो कमाई खाने भाडो बनाएका छन भने कत्तिले बदला लिने हतियार त कयैंले कालो धन कमाउने माध्यम । खै यस्तालाई कारवाही गरिएको ? प्रेस स्वतन्त्रता भन्दैमा बिना प्रमाण जसलाई जे दोष लगाउन पाउने ? के यस्तो प्रबिदि पनि कतै प्रेस स्वतन्त्रता हुन्छ ? कलम चलाउन पायो भन्दैमा जे लेख्न पनि पाउने ? जुनसुकै मानिस माथि पनि जे पायो त्यहि लेख्ने, के यहि हो लोकतन्त्रको प्रेस स्वतन्त्रता जो एक मानिसलाई आफ्नो ईक्षाले बाच्न नदिने ? यहाँ लोकतान्त्रिक राष्ट्रका सर्वहारा बर्गका कम्युनिष्ट नेता भनाउदाहरु आाफ्नै कार्यकर्ता र जनताका रगत पसिनाको कमाईबाट आएको करबाट महाबिलासिताको जीवन यापन गर्दै छन, उनिहरुको बारेमा किन पत्रकारहरुको कलम चल्दैन ? किन कुनै नेताहरुको बिरुध्दमा मिडिया सान्त हुन्छ ? यदि भोलिका दिनमा राजतन्त्र फर्कियमा आज पारस शाहको बिरुध्दमा आईलागेकाहरुको कलम संवत् उहाँको तारिफ गर्नमा थाक्ने छैन र यहि नै यस्ता पत्रकारहरुको चरित्र हो ।

(२०७६ असोज ३० गते क्राइम चेक साप्ताहिकमा प्रकाशित स्वतन्त्र विचार)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्