Friday, March 29, 2024
घरसमाचारगिरी र पटेलद्धारा बाल हेल्पलाइनमा खाजा वितरण

गिरी र पटेलद्धारा बाल हेल्पलाइनमा खाजा वितरण

दिपेन्द्र गिरी /
वीरगंज, २९ असोज /
वीरगंजको बाल हेल्पलाइनमा खाजा र फलफुल वितरण भएको छ । वीरगंज महानगरपालीका वाड नं.– ३ छपकैयामा रहेको बाल हेल्पलाइन वीरगंज शाखामा आज खाजा र फलफुल वितरण भएको शाखा प्रमुख शम्भु साहले बताउनुभयो ।

वीरगंज महानगरपालीका वाड नं.– ११ श्रीपुर स्थित रहेको आदश टोल निवासी दिनानाथ गिरीको श्रीमती वर्ष २८ की पुनिता गिरी र सोहि ठाउँ बस्ने शसी पटेलको श्रीमती वर्ष २७ की रविता पटेलले आज बाल हेल्पलाइनमा रहेको बच्चाहरुका लागी खाजा र फलफुल वितरण गरेकी बाल हेल्पलाइन वीरगंज शाखाका शाखा प्रमुख साहले बताउनुभयो ।

आफुहरु २ महिना खाजा नखाई आफ्नो खाजाको पैसा बचत गरेर बाल हेल्पलाइनमा रहेका बच्चाहरुका लागी खाजा र फलफुल किनेर बाल हेल्पलाइनमा वितरण गरेकी गिरीले बताउनुभयो । अहिले तिहार र छठको समय रहेकोले आफुहरु संग आर्थिक अवस्था अली कमजोर भएको त्यसैले यसपटक आफ्नो खाजाको पैसा बचत गरेर अली कम सहयोग गरिरहेका छौ तर अर्कोपटक बाल हेल्पलाइनमा रहेका बालबालीकाको लागी यस भन्दा बढी खाजा समाग्री, कोपी, सिसाकलम लगायत केहि आर्थिक सहयोग पनि गर्ने आसा रहेको पटेलले बताउनुभयो ।

गिरी र पटेल सामान्य परिवारबाट रहेर पनि आफ्नो खाजाको पैसाबाट बाल हेल्पलाइनका बालबालीकाको लागी खाजा र फलफुल उपलब्ध गराएको र उनिहरुको बाल हेल्पलाइनमा रहेका बालबालीहरु प्र्रति माया र प्रेम हेरेर बाल हेल्पलाइन वीरगंज शाखामा रहेकी बच्चाहरु लाई रेखदेख गर्ने सविता चौधरीले आफ्नो खुशी ब्यक्त गर्नुभयो । बाल हेल्पलाई वीरगंज शाखा संचालन भएको आज १ महिना पुरा भएको र अहिले सम्म वीरगंज महानगरपालीकाको सहयोगले चल्दै आएको प्रमुख साहले बताउनुभयो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

Most Popular

Recent Comments