Sunday, July 21, 2024
घरसमाचारमदिरा तस्करीमा गाडी सहित २ जना पक्राउ

मदिरा तस्करीमा गाडी सहित २ जना पक्राउ

पर्सा, २९ असोज ।
पर्साको ठोरीबाट प्रहरीले भारी परिमाणको मदिरा भारततर्फ लैजाँदै गरेको अवस्थामा गाडीसहित २ जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलिले सोमबारराती करीब ३८ हजार बराबरको विभिन्न ब्राण्डको मदिरासहित चालक र सहयोगीलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।
रातको समयमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ठोरी–२ ,ठुटेखोला किनारबाट भारतीय नम्बर प्लेट बि.आर.०६ पि.बि.४३३१ नम्बरको महेन्द्र बोलेरो र चालक भारत नरकटीयागन्जका २७ बर्षीय भोला कुमार जैसवाल र उनका सहयोगी ठोरी–२ ,सुन्दरवस्तीका राजु साहलाई पक्राउ गरिएको प्रनि पन्तले बताउनुभयो । पक्राउ परेको गाडी चालक एवम् सहयोगीलाई आवश्यक कारबाहीको लागि आज साँझमात्र जिल्ला प्रहरी कार्यालय पर्सा लैजान लागिएको उहाँले बताउनुभयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -